बैतडी
तीन दिन भयो ७८ वर्षीय हरीजीत सिंह टेर आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् । अनशन किन ? उनको उत्तर छ– ‘सडकमा गाडी गुडेको देख्न पाऊँ ’
जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा उपभोग गर्दै चढेको मोटर देख्ने रहर छ । उनी सोमबार देखि सरकारसँग सडक सुविधाको माग गर्दै अनशन बसेका छन् । मंगलबार सरकारले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन । दशरथचन्द नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ ।’
यस वडाको गुरु खोला देखि खालसम्मको सडक सिंहलाई चाहिएको छ । सडकका लागि विनियोजन भएको रकम पनि अन्यत्रै खर्च गर्न लागिएको उनले सुने । थप्छन्, ‘त्यसपछि थामिन सकिन । विकासको बजेट कटाउने ? यस्तो गर्न पाइन्छ र ?’
यो उनको रहर होइन, भावी पुस्ताले उपभोग गर्ने सुविधाका लागि गरिएको सत्याग्रह हो । ‘म त डाँडापारिको घाम भइसकेको छु । तर सडक बन्दा भोलि नातिनातिनाको पुस्ताले सुविधा पाउँछ भन्ने रहर मात्र हो,’ उनी थप्छन्,‘हामीले यही बाटोमा पैदल हिँडेर युग बितायौं । अबको पुस्ताले बिताउन नपरोस् ।’
राजधानीबाट































प्रतिक्रिया