काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीले बुधबार पूर्णता पाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएको दुई सातामा पूर्वमाओवादीका तर्फबाट १९ जनाको नाम आएपछि स्थायी कमिटीले पूर्णता पाएको हो ।
नेकपा स्थायी कमिटी ४५ सदस्यीय भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तत्कालीन एमालेको स्थायी कमिटीलाई यथावत राख्दै रघुजी पन्त, बेदुराम भुसाल, विष्णु रिमाल, र रघुवीर महासेठलाई थप्ने सहमति भएको थियो । नेकपाले ६ जना नेतालाई स्थायी कमिटीमा आमन्त्रित सदस्यका रूपमा यसअघि नै राख्ने निर्णय गरिसकेको छ ।
तत्कालीन एमालेका अमृतकुमार बोहोरा, केशव बडाल, सोमनाथ प्यासी, डा. पुष्प कँडेल तथा तत्कालीन माओवादीबाट अमिक शेरचन र पेशल खतिवडालाई स्थायीमा आमन्त्रित सदस्य रहने निर्णय भएको छ । पार्टीको विधान अनुसार ६ जना नेतालाई पदाधिकारीका रूपमा परिभाषित गरिएको छ । जसमा अध्यक्षद्वय ओली, दाहाल, वरिष्ठ नेताद्वयमा माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्तामा नारायणकाजी श्रेष्ठ र महासचिवमा विष्णु पौडेल रहेका छन् ।
राजधानीबाट





























प्रतिक्रिया