मधेश प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड

मधेश प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले छापामार शैलीमा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि त्यसको विरोधमा सांसदहरूकै एक समूहले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त गरेकी थिइन् र होटलमा सपथ खुवाएकी थिइन् ।

Logo