काठमाडौं

प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ । "/>

प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै सर्वोच्चमा अर्को रिट

प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै सर्वोच्चमा अर्को रिट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ । अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नियुक्ति गर्न ढिलाई गरेको भन्दै बुधबार रिट निवेदन दर्ता गराएका हुन् ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सभामुख, प्रतिनिधि सभा सचिवालय, अध्यक्ष, राष्ट्रिय सभालाई रिट निवेदनमा विपक्षी बनाइएको छ । त्यसैगरी प्रतिनिधि सभामा बिपक्षी दलको नेता, नेपाली कांग्रेस संसदीय दलको कार्यालय, संसदीय सुनुवाइ समिति, संघीय संसद सचिवालय, संघीय संसद, संघीय संसद सचिवालय, उपसभामुख, प्रतिनिधि सभा कानून तथा न्यायमन्त्री, कानून, न्याय तथा संघीयमामिला मन्त्रालय लाई पनि रिटमा विपक्षी बनाइएको छ ।

संविधानको धारा २८४ र २९२ र संवैधानिक परिषद्को काम, कर्तब्य, अधिकार र कार्यबिधि सम्बन्धि ऐन २०६६ को दफा ३ र दफा ६ समेत समावेश भएकोमा आफू कानून ब्यवसायी समेत हुँदा नेपालका प्रधानन्यायाधीशको रिक्त भएकाले न्यायपालिका नेतृत्व बिहीन भएकोले आफू रिट लिएर उपस्थित भएको उल्लेख गरेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo