विशिष्टा इन्टरनेशनलद्वारा ‘काठमाडौं कलिङ कन्दरा’ विशेष सङ्गीत कार्यक्रम घोषणा

विशिष्टा इन्टरनेशनलद्वारा ‘काठमाडौं कलिङ कन्दरा’ विशेष सङ्गीत कार्यक्रम घोषणा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । विशिष्टा इन्टरनेशनलले एक्सओ क्लब र हाइ इन्टरटेन्मेन्टको सहकार्यमा ‘काठमाडौं कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ।

यो कार्यक्रम कलात्मक सिर्जना, सामाजिक प्रभाव र सामूहिक सहभागितालाई एकैसाथ जोड्ने नयाँ युगको उत्सव हो। काठमाडौँ कलिङ कन्दरालाई नयाँ पुस्तासँग जोड्‌ने एउटा नविनतम कडी पनि हो। कार्यक्रम कार्तिक २८ गते एक्सओ क्लबमा हुनेछ । टिकट खल्ती एपमार्फत लिन सकिने बताइएको छ ।

काठमाडौं करिङ कार्यक्रम कन्दरा ब्याण्डको नयाँ अभियानको निरन्तरता हो। यसको माध्यमबाट सङ्गीतलाई केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा चेतना, भावनात्मक सम्बन्ध र परिवर्तनको प्रेरणाको स्रोतका रूपमा अघि बढाउनु हो। संगीत परिवर्तन, शान्ति र रुपान्तरणको लागि समर्पित गर्नु हो।

कन्दरा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले भने, ‘काठमाडौं कलिङ कार्यक्रम गीतमा परिवर्तन, सोचमा परिवर्तन र आफैंभित्रको परिवर्तनको यात्रा हो। हामी देशमा परिवर्तन चाहन्छौं भने सुरु सधैं आफू र आफ्नै भूमिप्रतिको जिम्मेवारीबोधबाट हुनुपर्छ ।’

‘काठमाडौं कलिङ कन्दरा’ कार्यक्रममार्फत कन्दरा व्याण्डले सञ्चारकर्मी, साझेदारहरू र सिर्जनशील समुदायसँग आफ्नो सोच, अवधारणा र याेजना सार्वजनिक गरेको छ। यो एउटा नविनतम अवधारणामा आधारित छ ।

हिमाल, ताल र प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण पोखरामा ३२ वर्षअघि जन्मिए‌को कन्दरा व्याण्डले नेपाली सङ्गीतप्रति आफ्नो समर्पण, जोश र रढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, साङ्गीतिक प्रयोग र आफ्नै मौलिक पहिचानका कारण चर्चित बन्न सफल कन्दराको कर्णप्रिय स्वरले देशमै मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि आ-आफ्नो घर र माटो सम्झाइरहेको छ।

चञ्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठमा, लेककी हे माया जस्ता यस ब्याण्डका कैयन गीतहरु स्रोताहरुले औधी रुचाएका छन्। ब्याण्डको संस्थापक अध्यक्ष तथा लीड भोकलिष्ट विवेक श्रेष्ठ, सहसंस्थापक एवम् ड्रमर सुनील थापा, मादलिष्ट अविनाश गायक, बासिस्ट पंकज झा, गीतारिष्ट सन्देश मुजो, किवोर्ड नील घतानी, साउण्ड इञ्जिनीयर सिमोन तझ्या र प्राविधिक विज्ञ नविन थापा हुन् ।

Logo