राष्ट्रकल्याण एवं विश्व शान्तिको सङ्कल्पले महारुद्राभिषेक

राष्ट्रकल्याण एवं विश्व शान्तिको सङ्कल्पले महारुद्राभिषेक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। जलवायु परिवर्तनले पारेका प्रभावको न्यूनीकरणसहित राष्ट्रकल्याण एवं विश्व शान्तिको मुख्य सङ्कल्प गर्दै एक दिने महारुद्राभिषेक महायज्ञ सम्पन्न गरिएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको महायज्ञमा १२१ वैदिक पण्डितले रुद्री पाठ गरेको वैदिक पण्डितका संयोजक कृष्णशरण खनालले जानकारी दिए।

दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा निर्माण भएको ब्रह्मानन्द सरस्वती ग्राममा आयोजित महायज्ञमा २२ जना वैदिक पण्डितले हवन, नौजना वैदिक पण्डितले दुर्गासप्तशती (चण्डी) र नौ जनाले ग्रहसुक्त पाठ गरेको पनि उनले बताए।

यज्ञमा सहयोगीसहित कूल १९१ जना वैदिक पण्डितको सहभागिता रहेको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले गत वर्ष कात्तिक २१ गतेदेखि २५ गतेसम्म अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गरेको थियो ।

विश्वको मध्यभागमा पर्ने स्विट्जरल्याण्डलाई केन्द्र बनाएर विश्व शान्ति राष्ट्रले वैदिक अभियान चलाइरहेको छ ।

Skip This
Skip This
Logo