नेकपा प्रवेश गर्दै एमाले केन्द्रीय सदस्य शाह

नेकपा प्रवेश गर्दै एमाले केन्द्रीय सदस्य शाह

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने तयारीमा छन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुने कार्यक्रममा केन्द्रीय सदस्य शाह नेकपा प्रवेश गर्ने उनी निकट स्रोतले बताएको छ ।

शाह पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सभा सदस्य, एमाले संसदीय दलको नेता, करिब चार वर्ष अवधि आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला मन्त्री भएर काम गरेका नेता हुन् ।

शाह एमालेमा लगातार दुईपटक केन्द्रीय सदस्य निर्वाचित नेता हुन् । एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत भएका थिए ।

Logo