लिस्बोन

पोर्चुगल अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो पुस्ताका उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोको टोली हो । "/>

विश्वकप फुटबल : पोर्चुगललाई इतिहास रच्ने अवसर

विश्वकप फुटबल : पोर्चुगललाई इतिहास रच्ने अवसर

केन्द्रबिन्दु
0
Shares

लिस्बोन

पोर्चुगल अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो पुस्ताका उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोको टोली हो । सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबलको उपाधि जितेको पोर्चुगल युरोपेली च्याम्पियन टोलीको रूपमा रुस विश्वकपमा सहभागी हुँदैछ । पोर्चुगल यस्तो देश हो, जो विश्वकै उत्कृष्ट फुटबलर जन्माउँछ । यसका बाबजुद पोर्चुगल युरोकप र विश्वकप जस्ता ठूला प्रतियोगितामा उपाधिबाट पटकपटक चुक्ने गरेको छ ।

लुइस फिगो, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी जन्माएको पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म युरोकपको एकमात्र उपाधि (सन् २०१६) जितेको छ । पोर्चुगलले विश्वकप फुटबलमा अहिले सम्म फाइनल सम्मको यात्रा पनि तय गर्न सकेको छैन । फिफा विश्वकप फुटबलको २१ औं संस्करण सुरु हुने दिन नजिकिँदै जाँदा पोर्चुगल जोडतोडका साथ अन्तिम तयारीमा जुटेको छ ।

पोर्चुगलले सातौं पटक छनोट चरण पार गर्दै विश्वकप फुटबलको अन्तिम चरणको खेल खेल्न लागेको हो । यद्यपि यस पटक पोर्चुगलसँग विश्वकप उपाधि जित्ने राम्रो अवसर छ । जर्मनी, फ्रान्स, इटाली, इङ्ल्यान्ड लगायत अन्तर्राष्ट्रिय फुटबलका सशक्त टोलीहरू सहभागी रहने युरोकपको उपाधि जितेपछि टोलीमा खेलाडीको मनोवल पनि उच्च बनेको छ ।

पोर्चुगलले आफ्नो महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै फाइनलमा आयोजक फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै युरोकपको उपाधि जितेको थिथो । खेलको सुरुआतमै चोटग्रस्त हुँदा रोनाल्डोले फाइनल खेल पूरा समय खेल्न पाएका थिएनन् । घरेलुटोली विरुद्धको फाइनल खेल, त्यसमाथि आफ्ना मुख्य खेलाडीबिना नै उपाधि जितेर पोर्चुगलले आफू कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सक्षम रहेको प्रमाणित गरिसकेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo