मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले कर्णलाई शपथ गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मङ्गलबारबाट लागू हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Logo