काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव गरेको छ।
खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री बब्लु गुप्ताले संयोजन गरेको छलफलमा एन्फा पदाधिकारी, ए डिभिजन क्लब प्रतिनिधि तथा फुटबल खेलाडी संघका पदाधिकारीसहितको छलफलमा एन्फाले ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको हो।
यसअघि ए डिभिजन लिग रोकेपछि खेलाडी आन्दोलित भएका थिए । एन्फा र १४ वटा ए डिभिजन क्लबबीच राष्ट्रिय लिग पुस पहिलो सातादेखि गर्ने सहमती भएको थियो। राष्ट्रिय लिगमा अघिल्लो संस्करणका शीर्ष ६ क्लब र जारी एन्फा प्रेसिडेन्ट लिगका शीर्ष ४ टोली गरी १० टोलीबीच प्रतिस्पर्धा गराउने तयारी थियो। तर, खेलाडी आन्दोलित भएपछि मन्त्री गुप्ताको पहलमा फागुनमा गर्ने तयारी भएको हो ।





























प्रतिक्रिया