काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।
घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दलको पछिल्लो अद्यावधिक विवरणमा पूर्व ऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष राखिएको हो । पदाधिकारीहरुमा अधिकांश सदस्य डाक्टर र इन्जिनियर रहेको पाइएको छ ।
ई. अनुप कुमार उपाध्याय, अध्यक्ष, कैलाली
डा. तारा प्रसाद जोशी, डडेलधुरा
प्रा. डा. महेन्द्र सुन्दर लावती, पाँचथर
डा. घनश्याम पाण्डे, रुपन्देही
डा. सागर ढकाल, स्याङजा
डा. अभिषेक राज सिंह, सर्लाही
ई. डा. शंकर ढकाल, काभ्रे
ई. तेजनारायण यादव, सिराहा
डा. राजु थापा, काठमाडौं
डा. विशाल भण्डारी, दोलखा
ई. निलिमा बस्नेत, झापा
ई. दिपेन्द्र जमरकट्टेल, धादिङ
डा. आशुतोष विजय पन्त, काठमाडौं
ई. अरविन्द साह, बारा































प्रतिक्रिया