विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चावाट अलग

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चावाट अलग

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागि समाजवादी मोर्चाबाट अलग भएको छ । बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागि बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढि पनि सकेका छन् ।

समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ ।’

उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।उनले मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु गरेपनि जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभव नबनेको समेत बताए ।

Logo