काठमाण्डौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ ।
आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् । बुधबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईंको समूहले २७ बुँदे माग अघि सारेको हो।
ज्ञापन पत्रमा संविधान र प्रदेशको खारेजी उल्लेख गरिएको छ। त्यस्तै बौद्ध किराँत सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राज संस्थाको माग गरेको छ।































प्रतिक्रिया