बनेपा

काभ्रेको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । "/>

नक्कली डलर कारोबार गर्ने व्यक्ति काभ्रेको पाँचखालबाट पक्राउ

नक्कली डलर कारोबार गर्ने व्यक्ति काभ्रेको पाँचखालबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

बनेपा

काभ्रेको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीको आधारमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का २३ वर्षीय विनोद तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

डलर भनेर नक्कली डलर २५ हजार देखाई नेपाली १८ लाख बराबरको रकम सटही गर्न सम्झौता गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । सो क्रममा पाँच राउण्ड हवाई फायर समेत गरिएको प्रहरीले जनाएको छ । उनको साथमा बा ७२ प ३०९६ नं को मोटरसाईकल समेत बरामद गरिएको छ ।
रासस

Logo