मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन

मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन

केन्द्रबिन्दु
6
Shares

रौतहट । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् ।

सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो । लोसपाका नेता अनिल सिंहले संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए ।
मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको टिप्पणी गर्दै उनले नियुक्ति खारेजी हुनुपर्ने माग दोहो¥याए । उनले सभामुख रामचन्द्र मण्डलको पानि राजीनामा माग गरेका हुन् ।

उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सात दलहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) को दुरुपयोग गर्दै असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।

Skip This
Skip This
Logo