सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताउनु भएको छ । "/>

प्रकाश दाहालको सम्झनामा प्रचण्ड परिवार भावविह्वल (भिडियोसहित)

प्रकाश दाहालको सम्झनामा प्रचण्ड परिवार भावविह्वल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताउनु भएको छ ।

अध्यक्ष दाहालले सगरमाथाले विश्वकै जनतालाई एकतावद्ध बनाउने काम गरेको पनि स्पष्ट पार्नु भयो । उहाँले सगरमाथा आरोहीहरुले समाजसेवा र मानव सेवाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गर्नु भयो ।

सगरमाथा आरोहण संघले शनिबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले रक्तदान जस्तो मानवीय सेवाको काममा लाग्ने सगरमाथा आरोहीहरुको कामना पूराहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नु भयो ।

दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालसहित पत्नी सिताको पनि उपस्थिति रहेको थियो । स्वर्गीय छोरा प्रकाश दाहालले पनि सगरमाथाको सफल आरोहण गर्नु भएको थियो ।

सोही दिनको स्मरणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उपस्थिति हुनु भएका अध्यक्ष दाहाल र उनकी पत्नी सिता छोराको स्मरण गर्दै भावविह्वल हुनु भएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री एवम् स्वर्गीय प्रकाश दाहालकी पत्नी विना मगरको पनि उपस्थिति रहेको थियो । त्यस अवसरमा अध्यक्ष दाहालले सगरमाथा आरोहण जस्तो महान काम गरेर जीवन उत्सर्ग गर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएको थियो ।

Logo