काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व प्रसिद्धाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । यस्तो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
पारस सड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफिङ्गलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइने कम्पनीले जनाएको छ ।
सहकार्यको बारेमा बोल्दै, सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको भन्दै उनको लगनशीलता र उत्कृष्टताको यात्राले नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए ।
सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारिता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको बताउँदै युवादेखि परिवारसम्म सबैमा उनको लोकप्रियता भएकाले उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरुलाई प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व रहेको बताए ।
खड्काले यो साभेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जीवनमा लिएको मूल्यमाभ्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रुपमा रहेको र आफुले व्यक्तिगत रुपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताए ।
कार्यक्रमामा कम्पनीले खड्कालाई आगामी दिनमा ब्रान्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा प्रस्तुत गर्ने जनाएको छ ।





























प्रतिक्रिया