सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर

सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सीजीले नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ । सीजीएमआरएएफ८एलएआई नेपालको पहिलो एआई एयर फ्रायर हो । यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ ।

कम्पनीका अनुसार यो नेपालमा पहिलो पटक अत्याधुनिक आई-सञ्चालित र इन्टरनेट अफ थिंङ्स (आओटी) प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरमार्फत खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ । साथै, यस उपकरणलाई सीजी स्मार्ट होम एप मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ ।

सीजीएमआरएएफ८एलएआई एयर फ्रायरका मुख्य विशेषता :

स्मार्ट एआई कुकिंग-

२५ स्वचालित मेनुसहितको एआई प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ ।

स्मार्ट पानी र तेल स्प्रे-

खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि ।

ठूलो क्षमताको नन-स्टिक बास्केट (८ लिटर) :
ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमताको बास्केट ।

समायोज्य तापमान नियन्त्रण- ८०°C देखि २००°C सम्मको तापक्रम नियन्त्रण सटीक र लचक पकाइको लागि ।

द्रुत वायु प्रवाह प्रविधि- तेल बिना नै कुरकुरे स्वाद- सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि ।

सीजीएमआरएएफ ८एलएआईको अधिकतम खुद्रा मूल्य १६१४० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ

बहुमुखी खाना पकाउने विकल्पहरू-

फ्राइ, ग्रिल, रोस्ट वा बेक-एकै उपकरणमा विविध पकाइ विकल्पहरू ।

कम्पनीका प्रतिनिधिहरूका अनुसार, सीजी ब्रान्डले सँधै उच्चस्तरीय उत्पादनहरू बजारमा ल्याउन प्रतिबद्धता जनाउँदै आएको छ। प्रविधिको प्रगतिलाई र बजारको आवश्यकता अनुसार, सीजी मेरिडियाले नेपालमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने प्रयास गरेको छ । सीजी मेरिडिया स्मार्ट एयर फ्रायर ले एआई प्रणाली, स्मार्ट सेन्सर, क्यामेरा–आधारित फुड डिटेक्सन र आईओटी कनेक्टिभिटी को संयोजनमार्फत नेपालमा नयाँ स्तरको घरेलु प्रविधि ल्याएको छ।

एआई प्रणालीले प्रत्येक पकाइमा तापक्रम, समय र मोडलाई स्वतः समायोजन गरी हरेक पटक उत्तम, स्वस्थ र स्वादिष्ट परिणाम सुनिश्चित गर्छ — जसले “कुक स्मार्ट, इट हेल्दी” को नयाँ युगको सुरुवात गरेको छ र यसको प्रयोग पनि अत्यन्तै सरल र प्रयोगकर्तामैत्री रहेको छ, जसका कारण सबैले यसलाई सजिलै प्रयोग गर्न सक्छन्।

सीजीएमआरएएफ८एलएआईको अधिकतम खुद्रा मूल्य १६,१४० निर्धारण गरिएको छ र यो एयर फ्रायर देशभरका सबै सीजी डिजिटल आउटलेटहरूका साथै अन्य खुद्रा स्टोरहरू, तथा कम्पनीको आधिकारिक वेबसाइट मार्फत पनि सहजै खरिद गर्न सकिन्छ

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

Logo