अपराध अनुसन्धानमा रहेका कागजातहरु उपलब्ध गराईदिन प्रहरीको अनुरोध

अपराध अनुसन्धानमा रहेका कागजातहरु उपलब्ध गराईदिन प्रहरीको अनुरोध

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । जेन जी आन्दोलनमा आगो लाग्दा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजहरु जलेकाले पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । जेन जी आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा ती कागजात उपलबध गराइदिन अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo