काठमाडौँ

उखु किसानको पैसा भुक्तानी गर्न आलटाल गरिरहेका चिनी उद्योगीहरूले उत्पादनस्थलमै फरक मूल्य लिने गरेको बदमासी बाहिर आएको छ । "/>

चिनी उद्योगीको बदमासी उत्पादनस्थलमै फरक–फरक मूल्य !

चिनी उद्योगीको बदमासी उत्पादनस्थलमै फरक–फरक मूल्य !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

उखु किसानको पैसा भुक्तानी गर्न आलटाल गरिरहेका चिनी उद्योगीहरूले उत्पादनस्थलमै फरक मूल्य लिने गरेको बदमासी बाहिर आएको छ । सरकारको अनुगमनबाट चिनी उद्योगीको बदमासी बाहिर आएको हो ।

अनुगमनका क्रममा चिनी उद्योगीले उत्पादनस्थलबाटै फरक–फरक मूल्यमा चिनीको कारोबार गरेको पाइएको हो । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको अनुगमन टोलीले गरेको बजार अनुगमनका क्रममा विभिन्न चिनी उद्योगले चिनी उत्पादनस्थलबाटै फरकफरक मूल्यमा चिनीको कारोबार गर्ने गरेको बाहिर आएको हो । विभागीय टोलीका अनुसार नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग प्रालिले फरकफरक मूल्यमा चिनी बिक्री गर्ने गरेको पाइएको छ ।

त्यस्तै नवलपरासीकै बाग्मती खाँडसारी चिनी मिल प्रालिले पनि फरकफरक मूल्यमा चिनीको कारोबार गरेको पाइएको हो । सो चिनी उद्योगले चिनीको मूल्य निर्धारण नगरीकनै प्रतिकेजी २ देखि ४ रुपैयाँसम्मको फरकमा चिनी बिक्री गर्ने गरेको पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘यस उद्योगको चिनीको कारखाना मूल्य निर्धारण नगरी २ देखि ४ रुपैयाँको अन्तरले ६३ रुपैयाँ प्रतिकेजी देखि ६६ रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको पाइयो ।’

विभागले अनुगमनपछि बनाएको प्रतिवेदनमा भनिएको छ, ‘विभिन्न व्यापारी प्रतिष्ठानहरूलाई बिक्री गर्ने गरेको र अधिकारिक रूपमा डिलरमार्फत नभई देशका सबै जसो स्थानमा बिक्री वितरण गर्ने गरेको पाइयो ।’ सो उद्योगले चिनीको उपयुक्त मूल्य नपाएको भन्दै प्रशस्त मात्रामा चिनी स्टक राखेको समेत अनुगमनबाट खुलेको छ ।
राजधानीबाट

Logo