काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नको माग गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे चर्को विवाद भइरहेको बेलामा संस्थापन पक्षका नेताहरूले चुनावअघि नै महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
१५औँ महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उनीहरूको माग छ ।

































प्रतिक्रिया