‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेहः थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ । मधुमेह नसर्नेमध्ये प्रमुख रोगका रूपमा बढिरहेको छ ।

अन्तरराष्ट्रिय डायबेटिज सङ्घका अनुुसार पछिल्लो समय हरेक नौ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कूल जनसङ्ख्याको ७ दशमलव ७ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्याङ्क छ । मधुमेह भएकालाई ‘डायबेटिक रेटिनोप्याथी’ अर्थात् मधुमेहका कारण आँखाको पर्दामा हुने समस्या हुने सम्भावना बढ्दछ । यो आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या भएको चिकित्सकले बताउने गरेका छन् ।

आँखा रोग विशेषज्ञ (भिट्रो रेटिनल सर्जन) डा रबा थापाले मधुमेहले आँखामा पार्ने असरका कारण नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताए। उनले डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताए।

डा थापाले भने, “डायबेटिक रेटिनोप्याथीको उपचार समयमा नभए व्यक्तिमा अन्धोपन निम्त्याउन सक्छ । सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रण गर्न मद्दत पुग्छ । त्यसैले मधुमेह भएकाले छ,छ महिनामा नभए वर्षमा एकपटक आँखा अनिवार्य परीक्षण गराउँदा राम्रो हुन्छ ।”

Skip This
Skip This
Logo