तेस्रो सातामा ‘परान’लाई २ सय १० बढी शो, हालसम्म कति कमायो ?

तेस्रो सातामा ‘परान’लाई २ सय १० बढी शो, हालसम्म कति कमायो ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बक्सअफिस सरप्राइज बनेर आएको ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएको छ।

आफ्नो प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो संख्यासमेत राम्रो हाइप बनेको छ। फिल्मले आज (शुक्रबार) मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको छ। फिल्म हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो संख्यामा फिल्मलाई शो उपलब्ध गराएका हुन्। भोलि बिदाको दिन पनि यही संख्याको शो जारी रहने अपेक्षा गरिएको छ।

नेपाली–हिन्दी गरी नयाँ ठूला फिल्म नभएकाले ‘परान’ले वक्सअफिसमा लामो यात्रा तय गर्ने अनुमान नेपाली फिल्मीवृत्तले गर्दै आएको छ। फिल्मले रिलिज हुँदा केबल ६४ शो मात्र पाएको थियो भने पहिलो दिन वक्सअफिसमा ६ लाख रुपैयाँको बिर्सनलायक ग्रस कलेक्सन गरेको थियो।

फिल्मले हाल दर्शक तथा समीक्षक दुवैबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। फिल्मले प्रस्तुत विषयले आम नेपाली परिवारको अवस्थालाई चित्रण गर्ने भएकाले यो सिनेमा दर्शकहरूको रोजाइमा परेको हो।

दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ आदिको अभिनय रहेको छ।

Skip This
Skip This
Logo