राजधानी काठमाडौंको चक्रपथमा मोनोरेल चलाउन चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिका सीआरसीसीसँग सम्भाब्यता अध्ययन सम्झौता गरेको हो ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोरेल सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । कम्पनीका महाप्रवन्धक, होङ्गकीले समयभित्रै काम सम्पन्न गर्ने बताए ।
सीआरसीसीले अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने जनाएको छ ।





























प्रतिक्रिया