दुईतर्फी खुल्यो बेनी–जोमसोम सडक

दुईतर्फी खुल्यो बेनी–जोमसोम सडक

केन्द्रबिन्दु
9
Shares

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात चल्ने बनाइएको छ ।

कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा बर्खायाममा अवरुद्ध हुने, सवारी साधन फस्ने र दुईतर्फी गाडी चल्न नसकेर जाम हुने समस्या थियो ।

बेनी–जोमसोम–कोरला सडक योजनाले बर्खा रोकिएपछि यसै हप्ता सडक विभागको डोजर र लोडर परिचालन गरेर पहिरो पन्छाएर सडक फराकिलो पारि दुईतर्फी यातायात चल्ने बनाएको हो ।

दिर्घकालिन समाधान नहुँदासम्म अस्थायी रुपमा पहिरो पन्छाएर सडक फराकिलो पारि दुईतर्फी यातायात चल्ने बनाएको र जाम हुने समस्या हटेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी बिष्णु चापागाईले बताए ।

सिरुवारीमा सडक मुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरुले पनि यही सडक प्रयोग गर्छन् ।

Skip This
Skip This
Logo