२०८२ कार्तिक ३० देखि मंसिर ६ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो सप्ताह मेष राशिका लागि कामकाज र कमाइको हिसाबले निकै अनुकूल रहनेछ। धेरै दौडधुप गर्नुपर्ला तर त्यसको राम्रो परिणाम पाइनेछ । जागिर, व्यापार वा कुनै नयाँ योजना सुरू गर्ने सोच छ भने भाग्य साथ दिनेछ । जमिन, पैतृक सम्पत्ति वा घर–जग्गासम्बन्धी काममा लाभको संकेत छ।
स्वास्थ्य पक्षमा थोरै उतार–चढाव देखिन्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस् र अत्यधिक थकानबाट बच्नुहोस्। यात्रा गर्ने योजना भए सुरक्षित रूपमा गर्नुहोस्, सानो–मोटो समस्याबाट बचिने योग छ। परिवारमा अतिथि आउने–जाने बढ्न सक्छ। परिवारका सदस्यसँग बोलचालमा नरम व्यवहार राख्नु राम्रो हुन्छ। आमाबुबाबाट सहयोग मिल्नेछ तर सन्तानतर्फका केही विषयले मन चिन्तित बन्न सक्छ। दाजुभाइ वा दिदीबहिनीसँग सानो मनमुटाव हुन सक्छ।
प्रेम सम्बन्ध सहज र रमाइलो रहनेछ। प्रेमी–प्रेमिकासँग समय बिताउन पाउनुहुन्छ। अविवाहित मेष जातकलाई राम्रो विवाह प्रस्ताव आउने सम्भावना बलियो छ। दाम्पत्य जीवनमा एक–अर्काको भावनालाई सम्मान गर्दा सुख–शान्ति रहन्छ।
विद्यार्थीका लागि यो सप्ताह राम्रो छ। पढाइमा मन बस्छ र परिणाम पनि सकारात्मक आउँछ। ग्रहगोचरको योगले धनप्राप्ति, साहस वृद्धि, कार्यसफलता र मान–सम्मानमा वृद्धि हुने संकेत दिइरहेको छ।
उपाय- बिहान देवी दुर्गालाई रातो फूल र रातो चन्दन अर्पण गरी दुर्गा चालीसा पढ्नु शुभ हुनेछ ।
वृष राशि
यो हप्ता वृष राशि हुनेहरुका शुभ प्रभाव लिएर आइरहेको छ । ग्रहगोचरले तपाईंको जीवनमा नयाँ अवसर, केही चुनौती र केही विशेष उपलब्धि दिने संकेत गर्छ। हप्ताको सुरुवातमै घर–परिवार र कामकाज दुबै तर्फबाट व्यस्तता बढ्नेछ। करियर र व्यवसायमा नयाँ योजना बनाउनुपर्ने अवस्था आउन सक्छ ।
यदि कामको सिलसिलामा यात्रा गर्न परे पनि त्यसले अन्ततः फाइदा नै दिनेछ। जागिरे भएकाहरूलाई जिम्मेवारी बढे पनि मिहिनेतअनुसार सम्मान र विश्वास प्राप्त हुनेछ। व्यापार गर्नेहरूका लागि यो हप्ता विशेष रूपमा लाभदायक छ, किनकि कुनै ठूलो व्यापारिक सम्झौता अन्तिम चरणमा पुग्न सक्छ र तपाईँको बजारमा छवि सकारात्मक रूपमा बढ्नेछ।
धन–सानोतिनो लाभ निरन्तर आउने योग छ, साथै कुनै पुरानो इक्षा पूरा भएर मन प्रशन्न बन्नेछ। घरमा आफन्त वा प्रिय व्यक्तिको आगमनले वातावरण खुसीमय बन्नेछ। पारिवारिक तर्फ केही उतार–चढाव देखिए पनि समग्रमा परिवारको समर्थन रहनेछ। दाजुभाइ वा दिदीबहिनी सँग कहिलेकाहीँ बोलचालमा टकराव हुनसक्छ, त्यसैले धैर्य र संयम आवश्यक छ।
प्रेम सम्बन्धमा मिश्र परिणाम रहनेछन्। मनमा कसैप्रतिको आकर्षण बढ्न सक्छ, तर त्यही समय हल्का गलतफहमी वा तनाव पनि आउन सक्छ। अविवाहितहरूका लागि विवाह प्रस्ताव आउने राम्रो योग छ, र नयाँ प्रेम सम्बन्ध बसाउने शुभ समय पनि यही हो। विवाह भएको व्यक्तिहरूको दाम्पत्य जीवनमा सहयोग, समझदारी र आत्मीयता बढ्नेछ, जसले मानसिक शान्ति प्रदान गर्नेछ।
स्वास्थ्यका हिसाबले सामान्य उतार–चढाव देखिए पनि ठूलो समस्या होइन। कामको थकानले शरीर भारी महसुस हुनसक्छ, त्यसैले आराम र अनुशासनमा रहनु राम्रो। किनकि हप्ताको उत्तरार्धमा महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्ने हुन सक्छ, त्यसैले मानसिक संतुलन आवश्यक हुन्छ।
उपाय- शिव महिम्न स्तोत्रको नियमित पाठले मानसिक शान्ति, कार्यसफलता र ग्रहदोषको प्रभाव कम गर्नेछ।।
मिथुन
यो हप्ता मिथुन राशि हुनेहरूका लागि केही उतार–चढावसहित तर परिणामदायी रहन सक्छ । हप्ताको सुरुवातमै कामकाजमा बाधा, मनको एकाग्रता कमी र योजना अनुसार नचल्ने अवस्थाले तनाव दिन सक्छ। कुनै पनि काम अन्तिम रूपमा पक्का गर्नु अघि राम्ररी सोच–विचार गर्नु राम्रो हुन्छ।
विशेषगरी जागिरेहरूले हतार, लापरवाही वा आधा–अधुरो जानकारीमा निर्णय लिनु हुँदैन। हप्ताको उत्तरार्धतिर आएर अवस्था सामान्य बन्दै जान्छ, त्यसैले सुरुवाती दिनदेखि समय, ऊर्जा र योजनामा सन्तुलन राखेर हिँड्नु बुद्धिमानी हुनेछ।
आर्थिक पक्षमा अनावश्यक खर्चको सम्भावना बढी छ। बजेट बिग्रन नदिन खर्चमा नियन्त्रण गर्नुपर्ने हुन्छ। मुख्य आयसँगै अतिरिक्त आम्दानीका स्रोतहरू खोजेर प्रयास गर्दा आर्थिक मजबुतीतिर अघि बढ्न सकिन्छ। हप्ताको उत्तरार्धमा प्रियजनसँग सामान्य गलतफहमी वा वाद–विवाद हुनसक्छ, जसले मन खिन्न बनाउनेछ। प्रेम सम्बन्धलाई सन्तुलित राख्न धैर्य, मधुर भाषा र अतिरिक्त समझदारी आवश्यक हुनेछ। वैवाहिक जीवनमा जीवनसाथीको स्वास्थ्य वा आवश्यकताप्रति चासो बढ्नेछ, जसले मानसिक रूपमा थोरै दबाब सिर्जना गर्न सक्छ।
विद्यार्थी तथा प्रतियोगिताको तयारीमा जुटेकाहरूले मनचाहा सफलता पाउन सामान्यभन्दा बढी परिश्रम गर्नुपर्नेछ। निरन्तरता र अनुशासन राखेमा चाहेको उपलब्धि प्राप्त हुन्छ। संतान पक्षमा खुशी मिल्ने योग छ । सन्तान प्रगति गर्नेछ, र उनीहरूको साथले परिवारको वातावरणमा सकारात्मकता आउँछ।
यो हप्तामा मिथुन राशिमा विशेष शत्रुहन्ता योग बनेको हुँदा थोरै प्रयासले नै तपाईँका विरोधी, बाधा वा रोकावटहरू हट्दै जान्छन्। यदि शरीरमा कमजोरी वा रोगको असर थियो भने बिस्तारै सुधार हुने संकेत देखिन्छ। हप्ताको अन्त्यभाग विशेष फलदायी छ—अरूले बनाएका समस्या सहजै समाधान गर्न सकिनेछ।
उपाय- यस सम्पूर्ण हप्तालाई अझ शुभ, स्थिर र सफल बनाउन प्रतिदिन विष्णु सहस्रनाम पाठ गर्नु अत्यन्त लाभदायक हुनेछ।
कर्कट राशि
हप्ता अत्यन्तै शुभ, सौभाग्यपूर्ण र प्रगतिको संकेत लिएर आएको छ । यो हप्ता तपाईंको राशिमा बनेका शक्तिशाली योगहरूले करियर, प्रतिष्ठा, आर्थिक स्थिति, स्वास्थ्य र पारिवारिक जीवन सबैमा सकारात्मक परिणाम दिनेछन्।
हप्ताको सुरुवातमै भाग्य प्रबल देखिन्छ। कार्यक्षेत्रमा तपाईँको काम, शैली र दक्षताको सबैले प्रशंसा गर्नेछन्। सिनियरदेखि सहकर्मीहरूसम्म सबैको नजरमा तपाईँको सम्मान बढ्नेछ। कुनै ठूलो जिम्मेवारी, पद वृद्धि वा नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। यदि लामो समयदेखि नोकरी परिवर्तन वा रोजगारीका नयाँ अवसर खोज्दै हुनुहुन्थ्यो भने मनपर्ने अफर प्राप्त हुने योग अत्यन्त शुभ छ।
अघिल्लो समयदेखि सताइरहेको स्वास्थ्य समस्यामा सुधार देखिनेछ। मन हलुका र सकारात्मक ऊर्जा भरिएको महसुस हुनेछ। पारिवारिक वातावरण खुसीमय रहनेछ, परिवारजन तथा मित्रहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ। प्रिय व्यक्तिको मद्दतले व्यापार विस्तार, नयाँ योजना वा लगानीको तयारी अघि बढ्नेछ। हप्ताको उत्तरार्धमा व्यापारमा उल्लेखनीय लाभ, नयाँ कमाइका स्रोत र आर्थिक मजबुतीको संकेत देखिन्छ। जागिरेहरूको लागि पनि अतिरिक्त आयका अवसर खुल्ने छन् ।
प्रेम सम्बन्धमा आत्मीयता, विश्वास र नजिकपना बढ्नेछ । दाम्पत्य जीवन सुखमय, समझदारीपूर्ण र सहयोगपूर्ण रहनेछ। ग्रहस्थितिको हिसाबले यो हप्ता कर्कट राशिमा अत्यन्त शक्तिशाली योगहरू बनेका छन् ।
उपाय- हरेक दिन भगवान विष्णुको मन्त्र “ॐ नमो नारायणाय” को जप गर्नु लाभदायी हुनेछ
सिंह राशि
सिंह राशि हुनेहरुका लागि यो सप्ताह निकै शुभ संकेत बोकेको देखिन्छ। तपाईंले गरेका अधिकांश प्रयास सफल हुँदै जानेछन् र करियर–कारोबारमा एकदमै राम्रो प्रगति देखिनेछ। सप्ताहको सुरुवातदेखि नै कामहरू सजिलो रूपमा अघि बढ्ने हुँदा तपाईंको मनमा उत्साह, आत्मबल र जोश बढ़्नेछ। पुराना अड्चनहरू हट्दै जानेछन् र नयाँ अवसरहरू एकपछि अर्को तपाईंकहाँ आउने सम्भावना बलियो छ।
यस सप्ताह व्यक्तित्वमा तेज, बोलीमा प्रभाव र निर्णय क्षमतामा दृढता देखिनेछ। अफिसमा तपाईंको कामको प्रशंसा मात्र होइन, उच्च पदाधिकारीहरूको नजरमा पनि तपाईंको प्रतिष्ठा बढ्ने संकेत छ। पदोन्नति, तलब वृद्धि वा जिम्मेवारीमा वृद्धि जस्ता सकारात्मक परिणाम मिल्न सक्छन्।
आफन्त तथा सहकर्मीहरूबाट प्राप्त सहयोगले तपाईँका अधूरा योजना पूरा गर्न मद्दत गर्नेछ। यदि तपाईं व्यापारमा हुनुहुन्छ भने कारोबार सहज रूपमा अघि बढ्नेछ, नयाँ ग्राहक वा नयाँ कामको अवसर पाउने योग उत्तिकै बलियो देखिन्छ।
सप्ताहको प्रारम्भमा घरपरिवारमा सुखद वातावरण रहनेछ। कुनै धार्मिक वा शुभकार्यको सम्भावना छ जसले घरमा खुसी, उल्लास र एकता बढाउनेछ। पारिवारिक सदस्यहरूको समर्थनले तपाईँको मनोबल अझै उकासिनेछ। यदि तपाईं आफ्नो प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्न चाहनुहुन्थ्यो भने परिवारजनबाट सकारात्मक संकेत वा स्वीकृति मिल्ने समय यतै हो। प्रेममा नजिकिँदै गएको आत्मीयता र विश्वासले सम्बन्ध अझै मजबुत बन्छ।
सप्ताहको उत्तरार्ध आर्थिक रूपमा अत्यन्त फलदायी छ। पुराना रोकिएका धनले वापसी पाउन सक्छ, व्यवसायमा लगानीबाट राम्रो लाभ प्राप्त हुन सक्छ। आर्थिक स्थिरता बलियो बन्दै जानेछ। यद्यपि खर्च थोपा बढ्न सक्छ, तर ती खर्चहरू आवश्यक र लाभदायी काममै हुनेछन्, त्यसैले चिन्ता लिनुपर्ने छैन।
स्वास्थ्यको हिसाबले यो सप्ताह सामान्यतया राम्रो नै देखिन्छ, तर थकान, माइग्रेन, वा अत्यधिक कामको दवाबले हल्का कमजोरी महसुस हुन सक्छ। साथै पिता वा जीवनसाथीको स्वास्थ्यप्रति पनि विशेष ध्यान दिनु राम्रो हुन्छ। जोखिमयुक्त काम वा यात्रामा सजग हुनू बुद्धिमानी हुनेछ।
यो सप्ताह तपाईंको सामाजिक प्रतिष्ठा बढ्ने समय हो। समाजमा मान–प्रतिष्ठा, सम्मान र प्रभावमा वृद्धि हुनेछ। नयाँ सम्पत्ति किन्न वा घर–जग्गासम्बन्धी कुराकानी अगाडि बढाउन अनुकूल समय पनि रहेको देखिन्छ। भाइ–बहिनीहरूसँगको सम्बन्ध सामान्यतया मधुर नै रहनेछ।
उपाय- हरेक बिहान सूर्यदेवलाई स्वच्छ जल अर्घ्य दिनुहोस् र मनदेखि आदित्य हृदय स्तोत्र को पाठ गर्नुहोस्। यसले भाग्यबल, स्वास्थ्य र प्रतिष्ठा दुवैमा वृद्धि दिलाउनेछ। साथै सप्ताहभरि गाईलाई हरियो घाँस खुवाउनु शुभ मानिन्छ।
कन्या राशि
कन्या राशि हुनेहरूका लागि यो सप्ताह करियर, प्रतिष्ठा र कार्यक्षेत्रमा प्रगतिको विशेष समय बनेर आएको छ । तपाईं जति ध्यान, लगन र मेहनत गरेर काम गर्दै आउनुभएको छ, अब ती प्रयासहरू सफलतामा रूपान्तरण हुने चरण सुरू हुँदैछ। अफिस वा व्यवसायमा तपाईंको कामको प्रभाव स्पष्ट रूपमा देखिनेछ, विरोधी वा प्रतिस्पर्धी कमजोर पर्नेछन्, र तपाईंको निर्णय–क्षमता तथा नेतृत्वशक्ति बलियो रूपमा चम्किनेछ।
सप्ताहको सुरुवात घर–परिवारमा खुसी ल्याउनेछ। कुनै शुभ, धार्मिक वा पारिवारिक कामको तयारी, पूजा–पाठ, हुनसक्छ । यसले तपाईंको मन हलुका र प्रसन्न बनाउनेछ। घरका महिलाहरू धार्मिक वा आध्यात्मिक कार्यतर्फ आकर्षित हुनेछन्। मानसिक शान्ति, धैर्य र आत्मबलमा वृद्धि देखा पर्नेछ।
कैरियरमा परिवर्तन चाहने वा नयाँ रोजगारी खोजिरहनुभएको छ भने सप्ताहको उत्तरार्ध अत्यन्त शुभ छ। कुनै इन्टरभ्यू, मिटिङ वा महत्वपूर्ण प्रस्ताव सकारात्मक दिशामा अघि बढ्न सक्छ। व्यवसाय गर्नेहरूका लागि पनि नयाँ सम्झौता, नयाँ ग्राहक, वा कुनै ठूलो अवसर हात पर्न सक्छ। राजनीति वा सामाजिक क्षेत्रमा सक्रिय कन्या राशिका जातकहरूलाई मान–सम्मान, पद, प्रमोशन वा विशेष जिम्मेवारी प्राप्त हुनेछ। प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध बढ्न थाल्नेछ, जसले भविष्यमा तपाईंलाई ठूला अवसर दिलाउन सक्छ।
प्रेम–सम्बन्धमा न्यानोपन र विश्वास बढ्नेछ। पार्टनरसँग समय बिताउने अवसर मिल्नेछ, मनको कुरा खुलेर राख्दा सम्बन्ध अझै मजबुत हुनेछ। वैवाहिक जीवन पनि सामान्यतया सुखद रहनेछ, यद्यपि जीवनसाथीको स्वास्थ्यमा सानो उतारचढाव देखिन सक्छ, त्यसैले अलि ध्यान दिन आवश्यक हुन्छ।
धन–भावमा शुक्रको शुभस्थानले गर्दा आर्थिक पक्ष यस सप्ताह राम्रो रहन्छ। आयस्रोत बढ्ने, पुरानो रोकिएको रकम फर्किने वा कुनै नयाँ आर्थिक लाभ हुने योग छ। खर्च पनि हुनेछ तर ती आवश्यक र योजनाबद्ध हुनेछन्, त्यसैले असन्तुलन आउँदैन। भाइ–बहिनीहरूसँग सम्बन्ध सामान्य रहिरहे पनि कहिलेकाहीँ सानो मनमुटाव हुन सक्छ, तर खुलेर कुरा गरे सुल्झिन्छ।
भाग्यले यति धेरै साथ नदिने संकेत भएकाले काममा सम्पूर्ण सफलता केवल तपाईंको मेहनत र विवेकबाट सम्भव हुनेछ। अलि सतर्क भएर अघि बढ्नु राम्रो हुन्छ। कार्यालयमा सहकर्मीहरूको पूर्ण सहयोग नपाइन सक्छ, त्यसैले आफूले गर्ने काममा ध्यान, अनुशासन र धैर्य दुवै आवश्यक रहनेछ।
स्वास्थ्यको दृष्टिले सानो–मसिनो समस्या देखिन सक्छ—सिरदुखाइ, थकान, पेटसम्बन्धी समस्या वा तनावजन्य समस्या देखापर्न सक्छ। त्यसैले नियमित खानपान, आराम र सावधानी राख्नु उत्तम हुनेछ। यात्रामा होशियार हुनुपर्नेछ किनकि सानो दुर्घटना वा चोटपटकको योग देखिन्छ।
उपाय- हरेक दिन बिहान श्रद्धापूर्वक भगवान् श्रीगणेशको पूजा गर्नुहोस् र श्री गणेश चालीसाको पाठ गर्नुहोस्। यसले बाधा हटाउँछ, निर्णय–शक्ति बढाउँछ र काममा सफलता दिलाउँछ।
तुला राशि
तुला राशि हुनेहरुका लागि यो सप्ताह अत्यन्तै शुभ र लाभदायी रहनेछ। धन, वैभव र यश तीनै पक्षमा वृद्धि हुने योग छ। लामो समयदेखि कुनै सम्पत्ति किनबेचको प्रयासमा हुनुहुन्थ्यो भने यो सप्ताह ती प्रयास सफल हुनेछन्। लाभदायी सम्झौता वा सम्झौताको निष्कर्षमा पुग्ने सम्भावना बलियो छ। सप्ताहका प्रारम्भिक तीन दिन अत्यन्तै अनुकूल छन्। यस दौरान तपाईंले तरक्कीको मार्गमा सहज रूपमा अघि बढ्न सक्नुहुनेछ। घर–परिवार र कार्यक्षेत्र दुवैमा मानिसहरूबाट समर्थन, सहयोग र सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछन्।
सप्ताहको मध्यमा परीक्षा वा प्रतियोगिताको तयारीमा रहेका विद्यार्थीहरूलाई सुखद समाचार मिल्नेछ। परीक्षा परिणाम वा उच्च शिक्षा सम्बन्धी प्रयास सफल हुँदा मन प्रसन्न हुने योग छ। व्यवसायिक दृष्टिले पनि यो सप्ताह शुभ छ। बजारमा अड्किएको पैसा सहज रूपमा उपलब्ध हुने सम्भावना छ। यसले लाभ, आर्थिक वृद्धि र संचित सम्पत्तिमा सकारात्मक असर पार्नेछ। तपाईंले गरेका कार्यहरूबाट धनसाथै समाजिक मान–सम्मान पनि बढ्नेछ।
सप्ताहको उत्तरार्धमा धर्म, अध्यात्म वा आध्यात्मिक रुचिमा वृद्धि देखिनेछ। यस समयमा तपाईंको मन शान्त, धैर्यशील र विवेकी बन्नेछ।
ग्रहस्थितिको हिसाबले यस सप्ताह तुला राशिका जातकका लागि विशेष योग बनेका छन ।सन्तानसँग सम्बन्धित मामिलामा केही चुनौतिहरू आउन सक्छन्। सहयोगको कमी वा उनीहरूको स्वास्थ्यमा सानो असुविधा देखिन सक्छ। विद्यार्थीहरूका लागि अध्ययनमा कठिनाई वा परीक्षा–तयारीमा ध्यान केन्द्रित गर्न अलिक बढी परिश्रम आवश्यक हुनेछ।कुल मिलाएर, यो सप्ताह तुला राशिका जातकहरूको लागि सफलता, धन, सामाजिक प्रतिष्ठा र आध्यात्मिक उन्नतिका लागि शुभ रहनेछ। तर सन्तान र पढाइका मामिलामा विशेष ध्यान आवश्यक छ।
उपाय- हरेक दिन बिहान श्रद्धापूर्वक गणपति अथर्वशीर्षको पाठ गर्नुहोस्। यसले बाधा हटाउँछ, कार्य सफल बनाउँछ र आर्थिक तथा सामाजिक पक्ष बलियो बनाउँछ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुका लागि यो सप्ताह अत्यन्तै सावधानीपूर्वक बिताउनु आवश्यक छ । जोशमा आएर हतार गर्नाले बन्ने काम पनि बिग्रन सक्छ र लाभको सट्टा हानि भोग्नुपर्न सक्छ । सप्ताहको सुरुवातदेखि नै ऊर्जा र धनको व्यवस्थापन गर्दै अघि बढ्नु बुद्धिमानी हुनेछ।
भावनामा आएर अरूलाई दबाव पारेर काम गर्न खोज्दा सहयोगी वा अधीनस्थसँगको सम्बन्ध बिग्रन सक्छ। कार्यक्षेत्रमा सहकर्मी वा सहपाठीहरूको सामान्य कुरा तूल नदिनुहोस् र अनावश्यक तर्क-वितर्कबाट बच्नुहोस्। सप्ताहको पूर्वार्ध स्वास्थ्यको दृष्टिले प्रतिकूल देखिन्छ। मौसमी रोग वा थकानको प्रभाव देखिन सक्छ। लापरवाही नगरी स्वास्थ्य समस्या देखिए तुरुन्त उपचार गराउनु उपयुक्त हुनेछ।
आर्थिक पक्षमा यो सप्ताह अतिरिक्त परिश्रम र सचेत प्रयास बिना स्थिर रहन कठिन छ। आवश्यकता अनुसार तपाईंले धनको व्यवस्थापन गर्न सजग हुनुपर्नेछ, अन्यथा आवश्यक खर्चका लागि ऋण लिनुपर्ने परिस्थिति आउन सक्छ। सप्ताहको उत्तरार्धमा विद्यार्थीहरूको मन पढाइबाट हट्न सक्छ, यसले परीक्षा वा तयारीमा प्रभाव पार्न सक्छ। प्रेम सम्बन्धमा सोच–विचार गरेर कदम चाल्नु उपयुक्त हुनेछ। वैवाहिक जीवन सुखद राख्न जीवनसाथीको भावनामा ध्यान दिनु आवश्यक छ।
ग्रहस्थितिको हिसाबले यस सप्ताह तपाईंको लग्नमा सूर्य र मंगल देव, बुध र चन्द्रमा रहेको छ। यसले आत्मविश्वासमा तीव्र वृद्धि ल्याउनेछ। यस्तो आत्मबलले तपाईंलाई पहिले डर वा हिम्मत नजुट्ने कामहरू पनि सफलता पूर्वक गर्न सक्ने बनाउनेछ। यस समयमा थोरै क्रोध देखिन सक्छ, तर संयमित रहनु लाभदायी हुनेछ। स्वास्थ्य सामान्यतया ठिक रहनेछ। न्यायालय वा कचहरी सम्बन्धी कार्यहरूमा सफलता प्राप्त हुने योग छ। सन्तानबाट सामान्य सहयोग प्राप्त हुनेछ।
उपाय- प्रत्येक दिन हनुमानजीको पूजा गर्नुहोस् र हनुमान चालिसा पाठ गर्नुहोस्।
धनु राशि
यो सप्ताह करियर, कारोबार र स्वास्थ्यको दृष्टिले केही प्रतिकूल रहनेछ। तर, यी चुनौतीपूर्ण परिस्थितिहरूमा तपाईंलाई स्वजनों र शुभचिन्तकहरूको सहयोग र समर्थन प्राप्त हुनेछ। यस सप्ताह आलस्य त्यागेर आफ्नो कार्यलाई समयमै पूरा गर्नु आवश्यक छ। व्यवसायिक क्षेत्रमा केही उतार-चढाव देखिन सक्छ, त्यसैले निर्णय गर्दा धैर्य र विवेक अपनाउनु अत्यन्त महत्वपूर्ण छ।
कसैको दबाव वा बहकावटमा पर्नुहुँदा जोखिमपूर्ण निवेश वा गलत निर्णय गर्नबाट बच्नुहोस्, अन्यथा पछि पछुताउनु पर्न सक्छ। सप्ताहको प्रारम्भमा छोटो वा लामो दूरीको यात्रा सम्भावित छ। यात्रा थकानपूर्ण र अपेक्षाकृत कम फलदायी हुन सक्छ, जसले तपाईंको मनमा अलिकति निराशा ल्याउन सक्छ।
पारिवारिक मामिलाहरू समाधान गर्दा परिवारका सदस्यहरूको भावनामा विशेष ध्यान दिनुहोस्। ठूलो निर्णय लिनु परेमा बुबा–आमा वा घरका वरिष्ठ सदस्यहरूको सम्मान र प्रतिष्ठालाई प्राथमिकता दिनु लाभदायी हुनेछ। विद्यार्थी वर्गले मनचाहे सफलता प्राप्त गर्न सामान्यभन्दा बढी मेहनत र प्रयास गर्नुपर्नेछ।
सप्ताहको उत्तरार्धमा जीवनसाथीसँग समय बिताउने अवसर प्राप्त हुनेछ। सम्बन्धहरूमा सकारात्मकता वृद्धि हुनेछ र वैवाहिक जीवन सुखद रहनेछ। व्यापार वृद्धि र योजना अघि बढाउन मित्रहरूसँग विचार–विमर्श लाभदायी हुनेछ। प्रभावशाली व्यक्तिहरूको बीचमा तपाईंको पहुँच र दायरा बढ्नेछ। लम्बित परियोजनाहरू सुरू गर्ने समय अनुकूल रहेको छ। उधार दिएको धन फिर्ता प्राप्त हुनेछ।
सकारात्मक समाचार प्राप्त हुने सम्भावना छ। राजनीति र सार्वजनिक कार्यमा संलग्न व्यक्तिहरूको लागि यो सप्ताह शुभ रहनेछ। ज्ञानवर्धक साहित्यको अध्ययनमा रुचि बढ्नेछ। आर्थिक लाभ सहज रूपमा प्राप्त हुनेछ।
व्यक्तिगत मामिलामा गुप्त कुरा सार्वजनिक हुन सक्छ। भावनात्मक रूपमा कमजोर महसुस गर्न सक्नुहुन्छ। यौन सम्बन्धमा अत्यधिक आतुर हुनु उचित छैन। पुरुष जातकहरूले महिला मित्रहरूप्रति मैत्रीपूर्ण र सकारात्मक भाव राख्नु लाभदायी हुनेछ। ठूलो परियोजनालाई लिएर केही चिन्ता अनुभव हुन सक्छ। नकारात्मक प्रवृत्तिका व्यक्तिहरूबाट दूरी कायम गर्नु बुद्धिमानी हुनेछ।
उपाय- हरेक दिन श्रद्धापूर्वक घरमा वा कार्यालयमा संतोषी माता वा लक्ष्मी माता को पूजा गर्नुहोस्। यसले बाधा हटाउँछ, आर्थिक स्थिति बलियो बनाउँछ र व्यक्तिगत जीवनमा सकारात्मक ऊर्जा प्रवाह गराउँछ।
मकर राशि
मकर राशि हुनेहरुका लागि याे सप्ताहको सुरुवात शुभ समाचारले हुनेछ, जसले घरमा खुसीको वातावरण सिर्जना गर्नेछ । यदि पैतृक सम्पत्ति प्राप्तिमा केही अवरोध थियो वा कुनै भूमि-भवन सम्बन्धी विवाद थियो भने, यस सप्ताह वार्ता र समझदारीमार्फत समस्या समाधान हुने सम्भावना छ। कोर्ट–कचहरी सम्बन्धी मामिलाहरूमा पनि तपाईंको पक्षमा फैसला हुन सक्छ। व्यवसायिक दृष्टिले यो सप्ताह अत्यन्त अनुकूल रहनेछ। तपाईंको व्यवसायिक स्थिति बलियो हुनेछ र कुनै ठूलो डील गर्दा बजारमा तपाईंको साख वृद्धि हुनेछ।
सप्ताहको उत्तरार्धमा व्यक्तिगत प्रगति देखिनेछ। कार्यक्षेत्रमा तपाईंको निर्णयको सराहना हुनेछ। नयाँ प्रोजेक्टमा संलग्न भई उत्कृष्ट परिणाम दिन सफल हुनुहुनेछ। एकल जातकहरूको जीवनमा मनपर्ने व्यक्तिको प्रवेश हुन सक्छ। अविवाहित जातकहरूको विवाह तय हुन सक्छ भने विवाहित जातकहरूले सुखमय जीवन व्यतीत गर्नेछन्।
यो सप्ताह आर्थिक दृष्टिले पनि अनुकूल छ। व्यापारमा लाभ प्राप्त हुनेछ, तर व्यापारिक साझेदारसँग सतर्कता आवश्यक छ। कर्मचारी भएमा कार्यालयमा प्रतिष्ठा प्राप्त हुनेछ र सहकर्मी तथा उच्च अधिकारीहरूको सहयोग पाइनेछ।
यो सप्ताह तपाईं अत्यन्त सक्रिय रहनेछन्। करियर सम्बन्धी सपनाहरू पूरा हुने सम्भावना छ। परिवार र समाजमा तपाईंको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नति प्राप्त हुने सम्भावना छ। अल्प प्रयासबाट काम सिद्ध हुनेछ। मित्रहरूले तपाईंप्रति सकारात्मक भाव राख्नेछन्। विद्यार्थीहरूको लागि यो सप्ताह शुभ रहनेछ। विदेशमा अध्ययनरत विद्यार्थीहरूको प्रेम सम्बन्धमा सकारात्मक प्रगति हुनेछ।
सप्ताहको प्रारम्भमा रियल स्टेट व्यवसायीहरूले नगद को कमी जस्ता समस्याको सामना गर्न सक्नेछन्। लगानी गर्नु अघि अनुभवी व्यक्तिसँग सल्लाह लिनु लाभदायी हुनेछ। अत्यधिक निर्भरता दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ।
उपाय- प्रतिदिन भगवान शिवको पूजा गर्दै चालीसा पाठ गर्नुहोस्। यसले बाधा हटाउने, सकारात्मक ऊर्जा प्रवाह गर्ने र कार्यसिद्धिमा सहायक हुनेछ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरूका लागि यो सप्ताह आफ्ना शब्द र व्यवहारमा विनम्रता कायम राख्नु अत्यन्त आवश्यक रहनेछ । यस सप्ताह तपाईंले बुझ्नुपर्नेछ कि तपाईंको बोलीले कुरा बनाउँछ वा बिगार्छ । त्यसैले घर–परिवार होस् वा कार्यक्षेत्रमा, अरूको सम्मान र आदर गर्दै व्यवहार गर्दा कार्य सहज रूपमा अघि बढ्नेछ। सप्ताहको प्रारम्भ भाग नौकरीपेशा जातकहरूको लागि केही प्रतिकूल रहन सक्छ। यस अवधिमा कामकाजमा अप्रत्याशित परिवर्तनहरू देखिन सक्छन्।
उच्च अधिकारीहरूसँग संवाद गर्दा सावधानी अपनाउनु जरुरी छ। कार्यक्षेत्रमा प्रतिस्पर्धी वा विरोधीबाट सतर्क रहनुपर्छ, नत्र कुनै षड्यंत्रको शिकार बन्न सकिन्छ। भावनामा बहेर ठूलो निर्णय लिनुबाट बच्नु लाभदायी हुनेछ। व्यवसायको दृष्टिले सप्ताहको उत्तरार्धमा तपाईंका प्रयास सफल हुनेछन्। प्रेम सम्बन्ध सामान्य रहनेछन् भने जीवनसाथीको स्वास्थ्यमा केही चिन्ता रहन सक्छ।
कार्य क्षेत्रमा तपाईंको प्रभुत्व बढ्नेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। दीर्घकालीन लक्ष्य प्राप्तिका लागि दृढ संकल्प गर्न सकिनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। उच्च अधिकारीहरू तपाईंको कामप्रति प्रसन्न रहन्छन्। उदार स्वभावका कारण समाजमा तपाईंको प्रशंसा हुनेछ।
यस सप्ताह तपाईं नयाँ ऊर्जा र स्फूर्ति अनुभव गर्नुहुनेछ। जीवन सरल तर सन्तोषजनक हुनेछ। कार्यक्षेत्रको विस्तार गर्ने अवसर प्राप्त हुनेछ। यदि तपाईं इन्टरव्यू वा नयाँ अवसर खोज्दै हुनुहुन्छ भने यो सप्ताह अत्यन्त अनुकूल छ। भाई–बहिनीसँग अतिरिक्त स्नेह अनुभव हुनेछ।
आर्थिक दृष्टिले स-सानो चिन्ता रहन सक्छ। धनको लेन-देनमा सावधानी आवश्यक छ। सप्ताहको सुरुवातमा ठूलो आर्थिक काम गर्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोस्। गुरुको वक्री प्रभावका कारण घाँटी र फोक्सो सम्बन्धी समस्या देखिन सक्छ।
सूर्य र मंगल ग्रह दुवै मजबुत भएर दशम भावमा गोचर गरिरहेका छन्। यसका कारण कार्यालयका कार्यहरूमा सफलता प्राप्त हुनेछ। नयाँ पदस्थापना वा राम्रो पदस्थापनाको योग बनिरहेको छ। भाग्यले पनि सकारात्मक सहयोग दिनेछ। तर धन आगमनमा केही अवरोध रहन सक्छ र अधिक धन एकैपटक प्राप्त नहुन सक्छ। पेट सम्बन्धी स्वास्थ्यमा विशेष सतर्कता आवश्यक छ।
उपाय- हरेक दिन हनुमान चालीसाको पाठ गर्नुहोस्।
मीन राशि
मीन राशिका जातकहरूका लागि यो सप्ताह अत्यन्त शुभ र लाभदायी रहनेछ। यस सप्ताह तपाईंले करियर र व्यवसायतर्फ गरिएका प्रयास र मेहनतको पूरा फल प्राप्त गर्नुहुनेछ। कार्यक्षेत्रमा तपाईं आफ्नो प्रतिभा र परिश्रमको लोहा मनाउन सफल हुनुहुनेछ। वरिष्ठहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। तपाईं आफ्नो टार्गेट समयभन्दा पहिले उत्कृष्ट रूपमा पूरा गर्न सक्षम हुनुहुनेछ।
सप्ताहको प्रारम्भमा तपाईं आफ्नो सुविधा र सान्त्वनाका लागि ठूलो धनराशि खर्च गर्न सक्नुहुन्छ। यस समयमा परिवार वा मित्रसँग पिकनिक वा पार्टीको अचानक कार्यक्रम बन्ने सम्भावना छ। सप्ताहको मध्य भागमा तपाईंलाई अप्रत्याशित रूपमा ठूलो धनराशि प्राप्त हुन सक्छ। अघिल्लो योजनामा गरिएको लगानीबाट लाभ प्राप्त हुनेछ र उधार दिएको पैसा फिर्ता पाउने सम्भावना छ। पैतृक सम्पत्ति प्राप्त गर्ने योग पनि देखिन्छ।
सप्ताहको उत्तरार्धमा व्यवसायिक यात्रा सुखद र लाभदायी साबित हुनेछ। यस समयमा तपाईंको व्यवसाय सफलताको उच्च शिखरमा पुग्ने सम्भावना छ। प्रेम सम्बन्ध प्रगाढ रहनेछन् र लभ पार्टनरसँग सहकार्य र समझदारी राम्रो रहनेछ। वैवाहिक जीवन सुखमय रहनेछ।
यस सप्ताह तपाईं सरलता र सादगीपूर्वक जीवन यापन गर्नुहुनेछ। घरबाट टाढा वा विदेशमा रहेका व्यक्तिहरू छुट्टी लिन सक्नेछन्। तपाईं अरूको सहायता गर्ने भएकाले अत्यन्त लोकप्रिय बन्नुहुनेछ। दैनिक वेतनभोगी कर्मचारीहरूको रोजगार स्थिर हुन सक्छ। तपाईंलाई प्रभावशाली र सहयोगी मानिसहरूसँग भेटघाटको अवसर प्राप्त हुनेछ। विरोधी कमजोर रहनेछन्। स्वास्थ्य समस्या समाधान हुनेछन्। घरका बुजुर्गहरूको समर्थन पाउन सफल हुनुहुनेछ। सुखद घटनाहरूले तपाईंको मन प्रसन्न रहनेछ।
उपाय- प्रतिदिन भगवान विष्णु वा शंखनादसहितको पूजा गर्ने र “विष्णु सहस्रनाम” पाठ गर्नु लाभदायी हुनेछ।





























प्रतिक्रिया