काठमाडौं
तथ्यांक हेर्दा नेपालको कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्र जंगलले ढाकेको छ । एक दशक अघिसम्म ‘हरियो वन नेपालको धन’ नारा प्रचलित थियो । तर अहिले नेपाल काठमा समेत परनिर्भर छ । काठबाट बनेका सामग्री मात्रै होइन, अर्बौँ रुपैयाँका काठका गोलिया नै विदेशबाट आयात हुन थालेका छन् ।
काठ र काठजन्य सामग्री आयात हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्षको सुरुका नौ महिना र चालू आर्थिकवर्षको सोही समयमा काठ आयात तुलना गर्दा ३२.७४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको नौ महिनामा तीन अर्ब १३ करोड ७३ लाख १४ हजारको काठ आयात भएकोमा चालू आर्थिक वर्षको नौ महिनामा चार अर्ब १६ करोड ४७ लाख ५१ हजारको आयात भएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया