चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी १० कोठे टहरो भएको आरोप लगाएका छन् ।अस्तित्व जोगाउन बनाएको १० कोठे टहरो मात्रै भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोकिने नेता बादलले बताए ।
‘निर्वाचनमा अस्तित्व जोगाउन मात्रै उनीहरूले १० कोठे टहरो हालेका हुन्, त्यसले पनि उनीहरूको ओरोलो यात्रा रोकिदैन, मुल घरमा फर्किए मात्रै केही जोगिन सक्छ,’ उनले भने ।१० कोठे टहरो बनाएकाहरू कोर्स गरेर मेन घरमा फर्किने पार्टीले अपिल गरेको र केही फर्किएको उनले बताए ।बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ भएको भन्दै ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने बताए ।
उनले भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक गर्न खोजिएको जिकिर गरे।
फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्की सरकारले निर्वाचन गर्ने बताए । त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उनको दाबी छ ।
संविधानले बर्जित गरेको पात्रलाई विदेशीको ईशारामा संविधान च्याँतेर प्रधानमन्त्री बनाईएको भन्दै उनले ठूला र स्थापित दलका नेतालाई चुनाबमा भाग लिन नरोके उनलाई पनि विदेशी शक्तिले हटाउने बताए । प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।
‘विदेशीले नेपालका स्रोत साधनहरू कब्जा गर्न, चीन र भारत जस्ता देशमा पृथकतावादी आन्दोलन चर्काउन नेपालमा सैनिक अड्डा राखेर प्रयोग गर्न षड्यन्त्र एक कडी भदौ २३ र २४ को कलर रिभोलुसन हो,’ बादलले भने, ‘त्यसका लागि नेपालमा बालेन र रवि जस्ता नाममा कठपुतली जेलेन्स्कीहरू जन्माउन खोजिरहका छन् ।’ बादलले भने ।





























प्रतिक्रिया