कास्की
प्रदेश ४ का मुख्यमन्त्री देखि मन्त्रीहरूले तोकिएको समय भित्र आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । पदबहाली गरेको ६० दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि मुख्यमन्त्री र मन्त्रीहरूले ९८ दिन पुग्दा समेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्छ । प्रदेश ४ मा मुख्यमन्त्री सहित ६ मन्त्री रहेका छन् ।
४ फागुनमा मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले सोही दिन रामशरण बस्नेतलाई उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्ति गरेका थिए । ४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद विस्तार गदै हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापालाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिएका थिए । तर उनीहरूले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया