गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो धर्म भएको बताएका छन्। पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा आयोजना गरेको श्री हेमदेवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उनले सडक आश्रित सहयोगापेक्षी मानवको हित गर्ने कार्य पनि निकै पुण्यको कर्म भएको बताए ।
समितिका तर्पmबाट प्रदेश प्रमुख भट्ट, अध्यक्ष गणेशबहादुर श्रेष्ठले यस वर्ष मावन सेवा आश्रम नेपाललाई संस्थागत पुरस्कार गरे। उनीहरुले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । समितिका संस्थापक अध्यक्ष स्व हेमबहादुर प्रधानले स्थापना गरेको रु १५ लाखको अक्षयकोषबाट रु एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवद्र्धनको महाअभियानलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्व सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई यस पुरस्कारबाट सम्मान गरिसकिएको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिए ।































प्रतिक्रिया