काठमाडौं

नेपाल सरकारका अधिकांश मन्त्रीले सम्पत्ति श्रीमतीको नाम राखेका भेटिएको छ । "/>

प्रधानमन्त्रीको कमाइ पनि पत्नीको ?

प्रधानमन्त्रीको कमाइ पनि पत्नीको ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल सरकारका अधिकांश मन्त्रीले सम्पत्ति श्रीमतीको नाम राखेका भेटिएको छ । केपी ओली नेतृत्वको सरकारमा मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांशको सम्पत्ति श्रीमतीको नाममा राखेको पाइएको हो ।

धेरै मन्त्रीले खुलाएको सम्पत्ति विवरणमा पनि श्रीमतीले कमाएको जिकिर गरिएको छ । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको विवरणमा समेत अधिकांश सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा देखाइएको छ । प्रधानमन्त्री ओलीको नाममा तलब भत्ता वापतको ४२ लाख रुपैयाँ मात्रै एभरेष्ट बैंक लिमिटेडमा रहेको सम्पत्ति विवरण उल्लेख छ ।

श्रीमती शाक्यको नाममा भक्तपुरको सूर्यविनायक २ मा डेढ रोपनी जग्गामा २ तीन तले घर, झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा, १८ तोला सुन, माछापुच्छ्रे बैंकमा ४ लाख, प्रभु बैकमा ६ लाख रकम रहेको छ । प्रधानमन्त्री श्रीमती राधिकाको नाम मा २५ लाखको सेयर पनि रहेको जनाइएको छ । सम्पत्ति विवरणमा प्रधानमन्त्री राधिकाले स्वआर्जनबाट कमाएको उल्लेख गरिएको छ । शाक्य नेपाल राष्ट्र बैंकको अवकाशप्राप्त प्रथम श्रेणीकी अधिकृत हुन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo