काठमाडौँ
१२ वैशाख ०७२ को भूकम्पले काठमाडौं महानगरपालिका भित्र भत्काएका झन्डै ६ हजार मध्ये ३३१ घर मात्रै निर्माण भएका छन् । ३३१ परिवारले मात्रै सरकारले वितरण गर्ने तीनवटै किस्ता रकम पाएका छन् । महानगरका सबै वडामा गरी पुनर्निर्माण प्राधिकरणले ५ हजार ८ सय ७ परिवारसँग अनुदान सम्झौता गरेको थियो ।
कामपा विपद व्यवस्थापन विभागका अध्यक्ष समेत रहेका कामपा–२५ का वडाध्यक्ष नीलकाजी शाक्यका अनुसार अनुदान सम्झौता गरेका मध्ये ५ हजार ७ सय ३० परिवारले पहिलो किस्ता लिएका छन् । उनले ७७ जनाले त पहिलो किस्ता पनि नलगेको बताए ।
पहिलो किस्ता रकम बुझ्नेहरू मध्ये पनि ९ सय ६९ ले मात्रै दोस्रो किस्ताको लागि निवेदन दिएका छन् । ‘यसको मतलब अधिकांश पीडितले घर बनाउन सुरु नै गरेका छैनन्,’ शाक्यले भने, ‘दोस्रो किस्ताको लागि निवेदन दिनेहरूमा पनि हालसम्म ६ सय ६८ ले मात्र रकम पाएका छन् ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया