काठमाडौं । पछिल्लो समय सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ ले पक्राउ पर्नुअघि नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षासहित आत्मसर्मपण गर्ने कार्यमा सहयोग गरिपाउँ भन्ने निवेदन दिएको खुलासा भएको छ । पक्राउपछि अज्ञात स्थलबाट केन्द्रबिन्दुलाई प्राप्त गोरेद्धारा हस्ताक्षरित निवेदन हामीले जस्ताको त्यस्तै सार्वजनिक गरेका छौं । (हेर्नुहोस् गोरेको पत्र)

जीवन रक्षाको मागसहित गोरेले बक्तब्यमा भनेका छन् –
‘हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाइ मात्र दोषी देखाई विभिन्न पक्ष तथा ब्यक्तीहरुले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चितगराउने र दोष जति सबै मेरो थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथा म सँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानमिन समिति समक्ष राख्न चाहान्छु ।’
जेठ ३ गते लेखेको निवेदनमा गोरेले केही विषयमा गम्भीर खुलासा समेत गरेका छन् । उनले लेखेका छन् – ‘यस वीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीन जनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाइसकेको हुँदा मेरो पनि जीवन खतरापूर्ण रहेको देखिन्छ । हाल म लुकी छिपी बाँच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन । सो सम्बन्धमा म सँग रहेका, भएका विषय राख्ने वातावरण वनाइदिन अनुरोध गर्दछु ।’
गोरेले लेखेको निवेदनमा खासगरी आफ्नो जीवन रक्षाको माग पटक–पटक गरेका छन् । उनले लेखेका छन् – ‘मेरो जीवनको रक्षा होस् । कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईं मार्फत नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु । सुरक्षित रुपमा न्यायलयमा पुग्न सक्ने मिति, स्थान र समयमा प्रबन्ध मिलाई दिन हुन समेत अनुरोध गर्दछु ।’
गोरेले निवेदनमा उल्लेख गरे बमोजिमको तीन जनाको मृत्यु भएको भन्ने सम्बन्धमा भने उनले केही उल्लेख गरेका छैनन् । तर उनले कानुनलाई सघाउने प्रतिबद्धता भने ब्यक्त गरेका छन् ।































प्रतिक्रिया