विश्वकप छनोटमा क्रोएसियाको रोमाञ्चक जित

विश्वकप छनोटमा क्रोएसियाको रोमाञ्चक जित

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । विश्वकप छनोटको रोमाञ्चक खेलमा क्रोएसियाले मोन्टेनेग्रोलाई उसकै मैदानमा ३-२ गोल अन्तरले पराजित गरेको छ।

खेलको सुरुवात मोन्टेनेग्रोका लागि उत्कृष्ट रह्यो। खेल सुरु भएको १७ मिनेटभित्रै टोलीले २-० को अग्रता लियो। मोन्टेनेग्रोका लागि मिलुटिन ओस्मायिचले तेस्रो मिनेटमा र निकोलस क्रस्टोविचले १७औं मिनेटमा गोल गरे।

तर, क्रोएसियाले पहिलो हाफ सकिनुअघि नै खेलमा फर्कने सङ्केत दियो। ३७औं मिनेटमा प्राप्त पेनाल्टीलाई इभान पेरिसिचले गोलमा परिणत गरेपछि पहिलो हाफ २-१ को स्थितिमा टुङ्गियो।

दोस्रो हाफमा क्रोएसियाले आफ्नो दबाब बढाउँदै दुई महत्त्वपूर्ण गोल गर्न सफल भयो। खेलको ७२औं मिनेटमा क्रिस्टिजान जाकिचले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। त्यसपछि, खेलको ८७औं मिनेटमा निकोलस भ्लासिचले निर्णायक गोल गरेर क्रोएसियालाई ३-२ को रोमाञ्चक जित दिलाए।

Logo