काठमाडौँ

सरकारले मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण चाँडै सार्वजनिक गर्ने निर्णय गरेको छ । "/>

सरकार गठनको सय दिन पुगेपछि बल्ल मन्त्रीहरुको सम्पत्ति सार्वजनिक हुने

सरकार गठनको सय दिन पुगेपछि बल्ल मन्त्रीहरुको सम्पत्ति सार्वजनिक हुने

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ

सरकारले मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण चाँडै सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुको सम्पत्ति विवरण तत्कालै सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँसकोटाले प्रधानमन्त्री देखि सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकार निर्माण भएको एक सय दिन पुग्न लाग्दा समेत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरिएको भन्दै आलोचना हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । संविधान अनुसार ६० दिन भित्र सम्पति सार्वजनिक गर्नु पर्ने व्यवस्था छ ।
अन्नपूर्णबाट

Logo