नेपालगन्ज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ अभियान लिएर जनताको बीचमा जाने बताएका छन् । "/>

नयाँ अभियानका साथ जनतामा जान्छौं : रामचन्द्र पौडेल

नयाँ अभियानका साथ जनतामा जान्छौं : रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ अभियान लिएर जनताको बीचमा जाने बताएका छन् । विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई नयाँ ढंगले जनता समक्ष पुर्‍याउने अभियान कांग्रेसले सञ्चालन गर्ने उनको भनाई छ । कांग्रेस बाँकेका अगुवा नेता, कार्यकर्तालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसलाई किसान र श्रमिकको साथी बनाउने हो, पार्टीका साथीहरुले मेहेनत गर्नुपर्‍यो, जनताको स्वार्थसँग आफुलाई गाँस्नुपर्‍यो, पार्टीभित्र पनि न्यायनिसाप हुनुपर्‍यो र अनुशासन हुनुपर्यो ।’

नेपाली कांग्रेसको सुदृढीकरण अभियानको सुरुवात आफुले मुलुककै विकट कर्णाली प्रदेशबाट सुरु गरेको पौडेलले जानकारी दिए । अभियानकै क्रममा कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु पुगेर फर्किएको उनले बताए । ‘कर्णालीतिर काँग्रेसको पक्षमा लहर आएको छ, साथीहरुमा उत्साह पलाएको छ,’ पौडेलले भने ।

कुनैपनि पार्टीको सिद्धान्त र संगठन गरेर दुई वटा पक्ष हुने बताउँदै सिद्धान्त अनुसार नेपाली कांगे्रसले जितेको जिकिर गरे । ‘हाम्रो पार्टीको सिद्धान्त अनुसारको देशमा संबिधान बनेको छ, संसदिय प्रणाली भनेर संविधानमा लेखिएको छ, प्रजातन्त्रको मुल्य र मान्यतामा आधारित समाजवाद भनेर लेखिएको छ,’ वरिष्ठ नेता पौडेलले भने ‘सिद्धान्त अनुसार हाम्रो जित भएको छ, तर हामीले किन चुनावमा हार बेहोर्‍यौं ?’ कम्युनिष्ट पार्टीहरु मिलेर कांग्रेसले चुनाव हारेको नभई आफ्नै भित्रको कमी, कमजोरीले हार्नु परेको उनको जिकिर छ ।
नागरिकबाट

Skip This
Skip This
Logo