फेसियल गर्ने चाहना धेरै महिलाहरुको हुने गर्छ । तर ब्यूटिपार्लरमा गएर नियमित जसो फेसियल गर्नु भनेको आर्थिक रुपमा निकै कठिन हुने गर्छ । यस्तो अवस्थामा तपाईहरुले घरमै भएका फलफुलहरुवाट नियमित रुपमा फेसियल गरेर आफ्नो अनुहारलाई सुन्दर बनाउन पनि सक्नु हुन्छ ।
फलफुलहरुमा अल्फा हाईड्राक्सी एसिड, भिटामिन्स, साईट्रिक एसिड, गाईकालिक एसिड जस्ता पदार्थहरु हुन्छन् । यस्ता पदार्थहरुले छालालाई पौष्टिक तत्व दिनुका साथै छालामा देखिने धेरै किसिमका समस्याहरुलाई समाधान समेत गर्छ ।
ड्राई स्क्रिनका लागि:
यदी तपाईको अनुहारको छाला सुख्खा (ड्राई) किसिमको छ भने यस्ता किसिमको छालावाट पाप्प्राहरु निस्कने गर्छ । यस्तो अवस्थामा छालामा उचित रुपमा प्रोटिन र भिटामिन बि १२ भएका पदार्थहरु दिनु भयो भने यो किसिमको समस्याहरु देखा पर्दैन । अनुहारको छाला सुख्खा किसिमको छ भने केरा, सुन्तला र अंगुरको रस दलेर केही समय राख्नु होला र केही मिनेट पछि पानीले पखाल्नुहोस् । यो कार्यलाई केही दिन निरन्तर दिनु भयो भने यो किसिमको समस्याहरु बिस्तारै कम हुदैं जान्छ ।
चिल्लो छालाका लागि:
कसैकसैको अनुहारको छाला चिल्लो किसिमको हुन्छ । अझ गर्मि मौसममा त अनुहार वाट तेल बढी निस्कने हुनाले पनि धेरैको अनुहारको छाला चिल्लो हुने गर्छ । अनुहारमा चिल्लोपनको मात्र देखिएमा डण्डिफोर आउने गर्छ भने कतिपयको छालाको प्वालहरु ठुलो ठुलो भएर नराम्रो समेत बनाउछ । यस्तो किसिमको छाला भएका ब्यक्तिहरुलाई भिटामिन सिको आवश्यक्ता पर्छ । त्यसैले चिल्लो छाला भएका ब्यक्तिहरुले सुन्तला, मेवा र कागतीको रसलाई अनुहारमा केही समय दलेर राख्ने र यो कार्यलाई नियमित रुपमा गर्दा फाइदाजनक हुन्छ ।
केराको फेसप्याक:
केराको फेसप्याक अनुहारको छालालाई धेरैनै फाइदाजनक रहेको छ । त्यसैले तपाईले केराको फेसप्याक बनाएर केही समय राख्नु भयो भने यसले तपाईको अनुहारको छालालाई धेरै नै फाइदा दिन्छ । केराको गुदीलाई ओट्समिलसंग मिलाएर राम्ररी मिचेर पेष्ट बनाउनु होस् । उक्त पेष्टलाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुहोस् । त्यसपछि सफा पानीले अनुहार धुनुहोस् ।
कागतीको फेसप्याक:
ओटमिलमै कागतीको रस मिलाउनु होस् । उक्त मिश्रणलाई पेष्ट जस्तै बनाउनु होस् । उक्त पेष्टलाई अनुहारमा लगाएर २० मिनेट राख्नुहोस् । त्यसपछि उक्त फेसप्याकलाई सफा पानीले धुनुहोस् । कागतीमा रहेको भिटामिन सिले तपाईको अनुहारमा रहेको दागहरुलाई हटाउदै जान्छ ।
स्याउको फेसप्याक:
स्याउको ब्रोकालाई तासेर गुदी पिसेर पेष्ट बनाउनुहोस् । उक्त पेष्टलाई अनुहारको छालामा लगाउनुहोस् । यसरी दलेपछि २० मिनेटसम्म राख्नुहोस् । त्यसपछि चिसो पानीले धुनुहोस् ।
मेवाको फेसप्याक:
मेवाले छालामा रहेको मरेको कोषहरुलाई हटाउन मद्धत गर्छ । यसका लागि ओटमिलमा मेवालाई मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई अनुहारमा लगाएर १० देखि २० मिनेटसम्म राख्ने । अनि चिसो पानीले मुख धुने । नियमित गरिने यो कार्यले छालामा बिशेष किसिमको चमक समेत आउने गर्छ ।
आँपको फेसप्याक:
आँपमा एन्टिअक्सिडेन्टको मात्रा रहेको हुनछ । यसले छालामा भैरहेको चाउरीपनलाई रोक्ने काम गर्छ । त्यसैले आँपको गुदीमा ओटमिललाई मिलाएर पेष्ट बनाउनुहोस् । उक्त पेष्टलाई अनुहारको छालामा लगाएर केही बेरा राखेर पानीले पखाल्नुहोस् ।





























प्रतिक्रिया