काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये कात्तिक शुक्ल द्वितीयका दिन मनाइने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाइएको छ । यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने गर्छन ।
त्यस्तै अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिकासामू देशलाई गहिरोसँग विभाजित गर्ने ‘सनकपूर्ण षड्यन्त्रका सिद्धान्तहरू’ लाई उल्टाउनुपर्ने ठूलो काम रहेको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति ओबामाले उक्त कुरा बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले हङकङ आगलागीमा मृत्यु हुनेका परिवार र उपचाररत घाइतेलाई नेपालबाट आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सोमबार ट्वीट गर्दै कांग्रेस सभापति देउवाले त्यस्तो माग गरेका हुन् ।
त्यस्तैगरी वि.सं २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि खुलेको छ । वर्षमा एक दिन मात्र तिहारका दिन खुल्ने बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नहुनेहलाई भाइटीका लगाइदिने गरिन्छ । साथै आजै नेवार समुदायहरुले नेपाल संवत् ११४१ लाई स्वागत गरेका छन् ।
पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र परेका छन् । दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका त्यहाँका ११ वटा आयोजना अहिले पूर्णरुपमा बन्द भएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया