भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनार्इ गलत भएको बताएका छन् । "/>

नेकपा एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भनाइ गलत : नेता बिजुक्छे

नेकपा एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भनाइ गलत : नेता बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनार्इ गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उनले भने, “सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो तर सैद्धान्तिक रुपमा आत्मसात गर्न नसक्दा देश नै टुक्राटुक्रा भयो, यो यथार्थलाई नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बुझ्नु जरुरी छ ।”

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाललाई आर्थिक व्ययभार मात्रै थपेको तर उपलब्धि केही नभएको बताउँदै उनले मोदी फर्किए लगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यसको पुष्टि गरेको जिकिर गरे ।

उनले पञ्चायतकाल जस्तै काँग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारले पनि अधिनायकवादी शैलीमै काम गरेको टिप्पणी गर्दै सरकारले सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउन नसकी सिंहदरबारमै केन्द्रित गरेको आरोप लगाए ।
रासस

Logo