काठमाडौं । गायक एवं संगीतकार बाबुल गिरी रिहा भएका छन् ।
गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गायक गिरीलाई काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो। अदालतको आदेशअनुसार ३ लाख बुझाएपछि उनी रिहा भइसकेका छन् ।
नितुको निधनपछि परिवारले गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी नितुको कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको थियो ।





























प्रतिक्रिया