खल्ती ट्रान्सफर लिगः खल्तीबाट फन्ड ट्रान्सफर गर्दा बाइक पुरष्कार जित्ने मौका

खल्ती ट्रान्सफर लिगः खल्तीबाट फन्ड ट्रान्सफर गर्दा बाइक पुरष्कार जित्ने मौका

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले ‘खल्ती ट्रान्सफर लिग’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गतेदेखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक, साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।

खल्तीबाट खल्तीमा ट्रान्सफरगर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट , ५० रनमा हरेक हप्ता सि एम एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ ।

Logo