काठमाडौं । नेकपा एमालेले ‘नेसनल भोलेन्टियर्स फोर्स’को संयोजक पुष्पराज श्रेष्ठलाई तोकेको छ ।
शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको कार्यक्रमबीच भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी एमालेले सिन्धुली घर भएका ४३ वर्षीय पूर्वमाओवादी श्रेष्ठलाई तोकेको हो ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि उनी वाईसीएलको केन्द्रीय सदस्य हुँदै सिन्धुलीको जिल्ला इन्चार्ज भए । माओवादी एमाले मिलेर २०७५ सालमा नेकपा बनेपछि उनी नेकपा निकट युवा संघको सिन्धुली सह–इन्चार्ज बनेका थिए । तर माओवादी एमाले फुटेपछि रामबहादुर थापा बादलनिकट उनी एमालेमै रहे ।
श्रेष्ठ यसअघि एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए ।
श्रेष्ठको संयोजकत्वमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ११ सदस्यीय टोली रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरेकाथिए । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहेका छन् । टोलीलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिँदै सपथसमेत गराए।





























प्रतिक्रिया