प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसंग भेट गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले २०७६ को गणतन्त्र दिवस मूल समारोह समितिमा रहन पूर्वराजा ज्ञानेन्द्रसमक्ष आफूले प्रस्ताव लिएर जाने बताएका हुन् ।
गृह मन्त्रालयमा शुक्रबार भएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले भने- ‘यस बर्ष यस्तै भयो, अर्को बर्ष गणतन्त्र मनाउने मूल समारोह समितिमा रहन म आफै प्रस्ताव लिएर पूर्वराजा कहाँ जानेछु।’
राजतन्त्रलाई धर्मसँग जोड्ने गरिएको कुराप्रतिपनि ओलीले बैठकमा आपत्ति जनाएका थिए ।





























प्रतिक्रिया