ब्राउनको अर्धशतकमा सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

ब्राउनको अर्धशतकमा सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई जितका लागि विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको हो। सुदूरपश्चिमको यो विशाल स्कोरमा विदेशी खेलाडी जोश ब्राउन र उपकप्तान विनोद भण्डारीको ब्याटिङ महत्त्वपूर्ण रह्यो।

ओपनर जोश ब्राउनको विष्फोटक अर्धशतक प्रहार गरे । जोश ब्राउनले मात्र ३५ बल खेल्दै ६८ रन बनाए । उनले आफ्नो पारीमा ६ चौका र ५ छक्का प्रहार गरे, जसले टोलीलाई आक्रामक सुरुवात दिलायो।

साथै विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाउँदै एक छेउबाट पारीलाई सम्हाले।अस्ट्रेलियन खेलाडी क्रिस लिनले मात्र १३ बलमा ३१ रनको छिटो पारी खेले।

यता सुरुवातमा महँगो साबित भए पनि, पोखराका बलरहरूले मध्य ओभरहरूमा उत्कृष्ट पुनरागमन गरे। ड्यान डाउथवेट र जिमी नीशमले २-२ विकेट लिएर रोयल्सको रन गतिमा ब्रेक लगाए।

Logo