नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै निगम घेराउ गरेको हो । विद्यार्थीहरुले निगमको गेट अगाडि धर्ना दिएका थिए ।
दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको भन्दै विद्यार्थीहरुले मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ ।





























प्रतिक्रिया