‘जिल्ला अस्पताल बाजुरामा उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गर्छौं’ -मुख्यमन्त्री शाह

‘जिल्ला अस्पताल बाजुरामा उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गर्छौं’ -मुख्यमन्त्री शाह

केन्द्रबिन्दु
6
Shares

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला अस्पताल बाजुरामा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताएका छन्।

बाजुरा पुगेका मन्त्री शाहले जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले जिल्ला अस्पताल शैयामा कम भए पनि प्रदेश स्तरीय अस्पताल भएको भन्दै अस्पतालमा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताए।

अस्पतालबाट गुणस्तरीय र अझै प्रभावकारी सेवा प्रवाह गर्न उपकरण,जनशक्ति र बजेटको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताएका हुन्। साथै उनले राजनीतिक नियुक्ति प्रक्रिया मंसिर महिनाभित्रै टुंगिने समेत बताएका छन् ।

शाहले प्रदेशका अस्पताल, खेलकुद सहितका निकायमा ढिलाइ भएको राजनीतिक नियुक्ति प्रक्रिया यो महिनाभित्र टुंगिने लगाईने बताए । जिल्लाका जनप्रतिनिधि, कर्मचारीहरुलाई मुख्यमन्त्री शाहले नीतिगत र संस्थागत सुधारमा लाग्न समेत आग्रह गरे।

नीतिगत तथा संस्थागत सुधार अपरिहार्य रहेको बताउदै शाहले सुधारका लागि खुला संवाद र सहकार्य जरुरी रहेको उल्लेख गरेका हुन्। मुख्यमन्त्री शाहले आफू हुँदासम्म कुनै आन्दोलन र नाराबाजी गर्न नपर्ने र खुल्ला रुपमा छलफल र संवादमार्फत निकासमा पुग्न प्रतिवद्ध रहेको कुरामा जोड दिए ।

त्यस्तै, मुख्यमन्त्री शाहले आफूसहित सभामुख, समिति सभापति र मन्त्रालयका सचिवहरु बसेर तत्काल सदन खुलाउने र क्याबिनेटबाट ऐन संशोधनको प्रक्रिया अगाडि बढाइने जानकारी समेत गराए । अहिले सदन चलिरहेका बेला अध्यादेश हुने भएकाले अध्यादेशबाट ल्याउन नसकिएको समेत स्पष्ट पारेका हुन् ।

Logo