फुट्यो अशोक राई नेतृत्वको जसपा, ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

फुट्यो अशोक राई नेतृत्वको जसपा, ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

केन्द्रबिन्दु
105
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ ।

जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेता प्रचण्डको नेतृत्वमा हालै गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । उपाध्यक्षद्वय रणध्वज लिम्बु र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् ।

समाहित हुने सहमति गर्नेमा उपाध्यक्षद्वय रणध्वज लिम्बु र परशुराम बस्नेत, केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् ।

जेनजी आन्दोलनपछि जसपामा नीति, सिद्धान्त तथा माग मुद्दाहरू मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चा, तालमेल गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएकोमा बैठक नै नबोलाएर अनिर्णित बनाइएको संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेताले हस्ताक्षर गरेको जानकारी पत्रमा उल्लेख छ ।

Logo