विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय, आइतबार घोषणासभा

विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय, आइतबार घोषणासभा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद प्रकृयालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको ‘उच्च संवाद समिति’ लाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरुप पार्टी सचिवालयले गठन गरेको संयन्त्र– सङ्घीय नेतृत्व मञ्च अनुमोदित गरेको छ ।

Skip This
Skip This
Logo