मेरुदण्ड र हाडजोर्नीलगायतका समस्या समाधान गर्ने विधि

मेरुदण्ड र हाडजोर्नीलगायतका समस्या समाधान गर्ने विधि

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपालमा पछिल्लो समय मेरुदण्ड र हाडजोर्नी सम्बन्धी समस्याहरु प्रशस्त देखिने गरेका छन् । त्यसमध्ये मेरुदण्डको समस्या जटिल बन्दै गइरहेको छ । यसै सन्दर्भमा काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसमा पुगेर स्पाइन हेल्थ र पेन म्यानेजमेन्ट विशेषज्ञ अर्थात अर्थोपेडिक वा स्पाइन सर्जन डा.सन्तोष कुमार वस्यालसँग केन्द्रविन्दुले कुराकानी गरेको छ ।
के कारणले मेरुदण्डका समस्याहरु देखिन्छन् ? अहिले नेपालमा सबैभन्दा धेरै देखिने मेरुदण्डका समस्या के–के हुन?

सुरुमा मान्छेलाई लोअर ब्याक पेनको मात्रै समस्या हुन्थ्यो, अहिले धेरै जनालाई नेक पेन पनि हुने गरेको देखिन्छ । त्यस्तो समस्या ७०–८० प्रतिशतलाई देखिन्छ। हाम्रो प्रोफेशन पनि कस्तो भएको छ भने हामी डिजिटल मिडिया केन्द्रित भएका छौं । हामी हाफ भन्दा कम काम फिजिकल गर्छौं र त्योभन्दा बढी अरु काम कम्प्युटर वा डिजिटल मिडियामा गर्ने गरेका छौं । फोनबाट पनि धेरै काम गर्न सकिन्छ।

यस्ता विविध कारणले हाम्रो नेकहरु, पोस्टर्सहरु चेन्ज हुन्छ।हामी घण्टौँ बसेका हुन्छौँ त्यो थाहा हुँदैन । त्यो एक मिनेट जस्तो लाग्छ । त्यस कारणले हामी प्रोपर पोजिसनमा बस्न नसकेको अथवा लङ्ग टर्म एउटै पोजिसनमा बसेका कारणले पनि पोस्टर्सहरुमा समस्या देखिने, नर्मल पोस्टर चेन्ज हुने गरेकाले मेरुदण्डको समस्याहरु देखिन्छ।नेक कसरी हेर्नुभएको छ, कसरी बस्नुभएको छ होइन सिधा बस्नुभएको छ कि छैन भन्ने कुरा प्राथमिकतामा पर्छ ।

म बस्ने बेलामा मेरो पोस्टर मिलेको छ कि छैन अथवा आफ्नो चेयर पनि राम्रो कन्डिसनको छ कि छैन, जसले प्रोपर फिटनेसमा राख्छ कि राख्दैन भन्ने कुरा जानकारी भयो भने राम्रो हुन्छ । किनकी कर्म त चेन्ज गर्न सकिदैन तर कर्मलाई सहि तरिकाले लैजान सकिन्छ ।

सुताइको पोजिसनका कारणले पनि स्पेनपेन हुन्छ ?
सुताइको अवधी र कारणले पनि हुन्छ । कति समय र कुन पोजिसमा सुत्नुभएको छ भन्ने कुराले पनि अर्थ राख्छ । सामान्यत ६ देखि ८ घन्टासम्म सुत्ने अर्थात उमेर अनुसार मेन्टेन गर्ने हो भने ठिक हुन्छ । अनि हामी पोजेटिभ पनि हुनुपर्छ । सकारात्मक रुपमा काम गर्यो भने वा स्ट्रेस हर्मोनहरु आएन भने वा खानाको सन्तुलन मिलायो भने राम्रो हुन्छ । जङ्क फुडहरुलाई कटअफ गरेर ब्यालेन्स फुडमा गयौं भने लङ्ग टर्मसम्म हेल्दी हुन सक्छौं ।

लाइफ स्टाइललाई मेन्टेन गर्न सक्यो भने डेफिनेटली लामो समय बाँच्न सक्छौँ, हेल्दी हुन सक्छौँ । बच्चाहरुमा पनि धेरैवटा डिजिजहरु देखिने गर्छ । स्कोलोसिस अर्थात जन्मजात बांगिएर जन्मिनेकुरा थाहा नै हुँदैन् । अनि भिटामिन डी कम हुँदै गयो वा आर्थराइटिस अथवा वाथहरु छन् भने त्यसले हड्डीमा असर गर्नसक्छ । जेनेटिक रुपमा आएको बाथहरु छन् भने त्यसले पनि हड्डीको स्पाइनहरुलाई परिवर्तन गर्ने, पोस्टर्सहरु डिफरेन्ट हुने, दुखाईहुने अनि हड्डीको बीचको डिक्सहरु हुन्छ, त्यसलाई डिजनेरेट गर्दै जाने हुन्छ । योङ् भए पनि ओल्ड जस्तो देखिने जस्ता समस्याहरु बच्चाहरुमा पनि हुन्छ ।

यदि हामीले सुताइलाई मेन्टेन गर्ने हो भनेस्पाइन हेल्थ पनि राम्रो हुन्छ ।यदी बेडमा म्याट्रेसहरू स्ट्रेट छ, कर्वहरू छैन भनेस्पाइन स्ट्रेट हुन्छ। पिल्लोको व्यवस्थापनले पनि विशेष भूमिका खेल्छ । नेकमा हाल्ने छुट्टै किसिमको पिल्लो हुन्छ, त्यसलाई राख्ने गर्नुपर्छ ।अहिले सर्भाइकल एक्सटेन्सन, अक्सिजन पिल्लो हाल्यो भने नेकलाई पनि ग्याप हुन दिँदैन । धेरै अग्लो सिरानीमा सुतेको कारणले पनि नेक पेनहरू,स्पाइनको प्रोब्लमहरू देखिन्छ।

कुन अवस्थामा औषधि र फिजियोथेरापीले काम गर्छ, र कुन अवस्थामा सर्जरी आवश्यक पछ ?
नशा च्यापिएपछिसर्जरी मात्रै भन्ने कन्सेप्ट छ । तर मोडर्न मेसिन डेभलप भइसक्यो । सर्जरी पनि मिनिमल इन्भेसिक सर्जरी भन्ने आएको छ। दुखाई एकदमै छ र कुनै पनि मेडिकेसन रिलिफ भएको छैन भने त्यो कन्डिसनमा एकचोटी एमआरआइ गरेर वा इभ्याल्युट गरेरसर्जरी गर्ने कि केमीकल औषधि प्रयोग गरेर पेनलाई रिलिफ गराउने प्रयास गरिन्छ । त्यो पनि फेल भयो भनेसर्जरीमा जान्छौँ । सर्जरीमा किन जान्छौँ भनेनशाहरू प्यारालाइज, डिफर्मिटीहरू नहोस भनेर हो । र अर्को एउटा कन्डिसन छ, जुन ट्रमा भयो, लडेर आयो, बोन फ्याक्चर भयो भने सर्जरी गरिन्छ । मुख्य कुरा भनेको बोनलाई आफ्नो ठाउँमा ल्याउनुपर्छ । एक्सट्रिम सर्जरी बाहेक रिजेनेरेटिभ ट्रिटमेन्ट हुन्छ । अनि पिआरपी प्लाज्मा ट्रिटमेन्टहरू, नेचुरोपेथीको ट्रिटमेन्टहरू इन्टिग्रेट गर्छौं । फिजियोथेरापीहरू प्रयोग पनि गर्छौं । अवस्था अनुसार उपचारको विधि अपनाउँछौं ।


लामो समय कम्प्युटर र मोबाइल चलाउनेहरूले के–कस्तो सावधानी अपनाउनुपर्छ ?
मोबाइल त अहिले सबैका लागि जरुरी भइसक्यो । मोबाइल नभए बाँच्न गाह्रो भइसकेको छ ।मोबाइल वा कम्प्युटर युज गर्दाबसाइलाई सन्तुलनमा राख्नुपर्छ । चेयरहरूलाई पनि प्रोपर पोजिसनमा राख्नुपर्छ । हेर्ने बेलामा हाम्रो नेक माथि भएर हेर्न सक्यौँ भने लङ टर्म बस्नलाई फाइदा हुन्छ । मोबाइल चलाउने बेलामा हाम्रो नेक तलै हुन्छ। त्यसैले टाइमर मोबाइलमा राखेर एक–एक घण्टामासचेत हुनुप-यो अनि रेस्टगर्र्नुपर्यो ।
कम्प्युटर र मोबाइल एकसाथ प्रयोग गर्नु छ भने पालो मिलाउनुपर्छ । २४ नै घण्टा काम गरेर म टन्न कमाउँछु भनेर लाग्नु भएन। टाइमलाई डिभाइड गरेर काम गर्नुपर्छ । कामलाई डिभाइड गरियो भने डेफिनेट्ली हेल्दी भइन्छ। डाइटिसियनको पनि हेल्प लिनुपर्छ ।

मेरुदण्ड ट्युमर भएको बिरामीको उपचार प्रक्रिया कस्तो हुन्छ?यो कतिको जोमिपूर्ण हुन्छ ?
यसका विरामीहरु धेरै डराउनुहुन्छ । ट्युमर भयो कि क्यान्सर भयो कि भन्ने हुन्छ । अब कति मान्छे फेरि एकदमै नराम्रो क्यान्सर, मान्छे मर्न मरेको पनि सुनिन्छ। त्यसका लागि विभिन्न विधिहरु प्रयोग गरेर पत्ता लगाउनुपर्ने हुन्छ ।एमआरआई हेरेर, कन्ट्रास्ट एमआरआई ट्यूमरहरु पत्ता लगाउन सकिन्छ । ब्रेनको एमआरआई पनि गर्नुपर्ने हुन्छ। सबै टेस्ट गरेर बल्ल डायग्नोसिसमा पुग्ने गर्छौ । अर्को अनकोलोजी विधि भन्ने पनि हुन्छ। उहाँको पनि हेल्प लिनुपर्ने हुन्छ। किनभने ड्रगहरु चलाउने वा सर्जरीमा जाने, किमोथेरापी गर्ने कि रेडियो थेरापी जाने भन्नेमा प्रष्ट हुनुपर्छ ।चिसोमा धेरै मान्छेहरुको हाटखुट्टाको जोर्नीहरु दुख्ने, स्पाइनहरु बढी दुख्ने हुन्छ। तराईमा जानुभयो भने घाम त धेरै ढिलो लाग्छ अनि टेस्ट गरेर हेर्दा भिटामिन डीको कमी देखिएला । यस्ता विभिन्न समस्याहरु देखिन सक्छन् ।
नेपालमा कति मानिस यस्ता समस्याबाट प्रभावित छन् ?
यदि सबैलाई टेस्ट गर्ने हो भने ७० प्रतिशत बढीमा यस्तो समस्या देखिएला । सड्कियो, मर्कियो भने फुक–फाक तिर लाग्नेहरु पनि छन् । मसाज गरौँ भन्नेहरु पनि छन् । ठ्याक्कै उपचारमा गएका हुँदैनन् । नेपालका फरक स्थानका फरक समस्याहरु छन् । यति नै भन्ने डाटा छैन् । लगभग ६० वा ७० प्रतिशत विरामी मेरुदण्ड साथै हाडजोर्नीका छन्

Skip This
Skip This
Logo