लुम्बिनीविरुद्ध पोखराका रोसिङ्टनले गरे अर्धशतक प्रहार

लुम्बिनीविरुद्ध पोखराका रोसिङ्टनले गरे अर्धशतक प्रहार

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखराका लागि उनले ५२ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । खराब सुरुवात गरेको पोखराका लागि इनिङ उकास्न उनको यो अर्धशतक महत्वपूर्ण रह्यो ।

यसअघि पोखराका ओपनर दिनेश खरेल ७ रन बनाउँदै गर्दा तेस्रो ओभरमा कप्तान रोहित पौडेलको उत्कृष्ट क्याचमार्फत शेर मल्लको शिकार बने। त्यसको लगत्तै, अर्का ओपनर एवं कप्तान कुशल भुर्तेल शून्य रनमै मल्लकै बलमा एलबीडब्ल्यू आउट भए। मध्यक्रममा आएका सुमीत वर्मा पनि शून्यमै गुलाबदिन नायबले एलबीडब्ल्यूको धरापमा पारेका थिए ।

पोखराका लागि हाल क्रिजमा रहेका विदेशी खेलाडी एडम रोसिङ्टनले एक छेउबाट क्रिज सम्हालिरहेका छन्।

Logo